घोराही– दाङ गढवामा गए राति १ लाख ७५ हजार नगदसहित ६ जुवाडे पक्राउ परेको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।
_x000D_
_x000D_
इलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गढवा–६ बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरेकाे हो। 
_x000D_
_x000D_
गढवा गाउँपालिका–६ निवासी होमराज रिजाल, नारायण पोखरेल, राजन रोका, मोहनसिंह बुढामगर, राजमन यादव र सौगात चौधरीलाई नगदसहित जुवाको खालमा पक्राउ गरेको हो।
_x000D_
_x000D_
पक्राउ परेकालाई मुलुकी अपराध संहिता दफा १२५ को उपदफा २ को (क) अनुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने ईलाका प्रहरीले कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिए। 
_x000D_
_x000D_
त्यसैगरी प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची–७ भारती थोकबाट ६० हजारसहित ९ जुवाडेलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट गएको टोलीले गए राति ११ः४५ बजे छापा मारी उनीहरूलाई नगदसहित पक्राउ गरेको हो।
_x000D_
_x000D_
जुवा खेल्ने बढेको गुनासो आएपछि प्रहरीले सुरक्षा व्यवस्था बढाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिए। 
_x000D_
_x000D_
केही दिनअघि पनि प्रहरीले मेलम्ची–११ बाट छ जुवाडेलाई नगद ३४ हजारसहित पक्राउ गरेको थियो। आजसम्म बिदा रहेकाले पक्राउ परेका १५ जनालाई भोलि म्याद थपको लागि अदालत लगिने मल्लले जानकारी दिए।
_x000D_
_x000D_
लाखाैं रुपैयाँ तासमा हार्न थालेपछि घरकापरिवारका सदस्यले नै गुनासो गर्ने गरेकाले गस्ती बढाइएको मल्लको भनाइ छ। पछिल्लो समय जिल्लामा जुवा, तास खेल्ने सङ्ख्या वृद्धि भएको प्रहरीको भनाइ छ। रासस
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।