गलेश्वर– म्याग्दी जिल्लाको सहरी र ग्रामीण भेगका बजारमा खुलेका पसलमा तौल र मूल्यमा एकरूपता नहुँदा तिहारको समयमा उपभोक्ता ठगिएका छन्। 
_x000D_
_x000D_
चाडपर्वको मौका छोपी व्यापारीले सामानमा मनलाग्दी मूल्य लिने र उपभोक्ताले गुनासो गर्ने ठाउँ नहुँदा आफूहरु ठगिएको गुनासो उपभोक्ताले गरेका छन्। 'पसलमा न मूल्यसूची टाँसिएको छ न सम्बन्धित निकायबाट नै अनुगमन हुने गरेको छ,' बेनी बजारको एक पसलमा भाइटीकाका लागि सामान किन्दै गरेकी बेनपा–४ की राधा पौडेलले भनिन्, 'पसलेले जति भन्छन्, त्यतिनै मूल्य तिर्नुपर्ने बाध्यता छ।' 
_x000D_
_x000D_
पसलमा मूल्य सूची नटाँस्ने र सम्बन्धित निकायले कडाइका साथ बजार अगुगमन नगरेका कारण उपभोक्ता ठगिने गरेका हुन्। बजारमा एकातिर मूल्यमा उपभोक्ता ठगिएका छन् भने अर्कोतिर वस्तुको गुणस्तर र तौलमा पनि ठगिँदै आएको उपभोक्ता बताउँछन्। 
_x000D_
_x000D_
जिल्लाको बेनी, गलेश्वर, तातोपानी, बावियाचौर, दरवाङलगायत अन्य स्थानीय बजारका पसलमा मूल्यसूची टाँसेको देखिँदैन। बिक्रेताले वस्तुको मूल्य जति भन्छन् उपभोक्ताले उति नै तिर्न बाध्य छन्। कुन वस्तुको मूल्य कति भन्ने जानकारी नहुँदा उपभोक्ता ठगिएका हुन्।
_x000D_
_x000D_
बजारमा पसलैपिच्छे सामानको दर समेत फरक/फरक रहेको उपभोक्ताको गुनासो छ। यसैगरी अखाद्य वस्तुको मिसावट, कम तौल, कम गुणस्तर भएका वस्तुबाट पनि उपभोक्ता ठगिएका छन्। ग्रामीण भेगका कतिपय पसल विना दर्ता सञ्चालन भइरहेका छन् भने किराना पसलमा घरेलु मदिराको समेत निर्वाध रूपमा बिक्री वितरण भइरहेको स्थानीयवासी बताउँछन्।
_x000D_
_x000D_
बेनीबजारको पसलमा पाइने मलखाद, जीरा, धनिया, तोरीको तेल, मैदाजस्ता वस्तुमा अन्य विभिन्न वस्तुको मिसावटका साथै तौलमा पनि कमी पाइएको उपभोक्ताको आरोप छ। सरकारी निकायबाट नियमित बजार अनुगमन नभएका कारण उपभोक्ता ठगिन बाध्य बनेको उपभोक्ताको गुनासो छ। चिनी, चियापत्ती, नुन, दाल, चिउरालगायत अन्य दैनिक उपभोग्य सामान पसलैपिच्छे भाउ फरक रहेको उनीहरूको भनाइ छ।
_x000D_
_x000D_
जिल्ला प्रशासन कार्यालय म्याग्दीले भने समय–समयमा पसल अनुगमन गर्ने गरेको र दर्ता नगरी सञ्चालन भएका, म्याद नाघेका वस्तु राखेको पाइएको र कालोबजारी गर्ने गरेका पसल सञ्चालकलाई कारबाही गर्ने गरेको जनाएको छ। रासस
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।