रुकुम पश्चिम- रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका–३ दहखोलामा आज बेलुकी जिप दुर्घटना हुँदा जिप चालक आठबिसकोट नगरपालिका–१ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो।
_x000D_
_x000D_
स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु १ ज २६६८ नम्बरको जिप दुर्घटना हुँदा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। दुर्घटनामा परी विककी पाँच वर्षीया छोरी पार्वती गम्भीर घाइते भएकी प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन्।
_x000D_
_x000D_
घाइते विकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ। जिप सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। विक जिप लिएर नेपानेमा रहेको ससुरालीमा जाँदै गर्दा दुर्घटना भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।