भक्तपुर- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएका छन्।
_x000D_
_x000D_
दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा आज नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा उनले भने, 'नेपाली काङ्ग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुपर्यो, आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्यो।'
_x000D_
_x000D_
काङ्ग्रेस एक अर्कालाई हराउने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सिङ्गो पार्टीले हार व्यहोरेको उल्लेख गर्दै सभापति देउवाले काङ्ग्रेसभित्र पार्टीले जसलाई टिकट दिए पनि जिताउनुपर्छ भन्ने संस्कार बसाल्नु अति आवश्यक रहेको बताए।
_x000D_
_x000D_
सभापति देउवाले चुनावमा भएको हारबाट नेपाली काङ्ग्रेसले धेरै ठूलो पाठ सिक्नुपर्ने चर्चा गर्दै हारबाट हतोत्साही र निराश नभई अबको चुनाव जितमा परिणत गर्नुपर्नेमा जोड दिए।
_x000D_
_x000D_
सो अवसरमा उहाँले जय नेपाल स्मारिकाको विमोचन गर्नुका साथै काङ्ग्रेसका नेताद्वय राजनकाजी त्वाती र पवन भुजुलाई सम्मान गरिएको थियो।
_x000D_
_x000D_
नेपाली काङ्ग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, जिल्ला सचिव उद्धव सिलवाल, जिल्ला सचिव निशान ढुङ्गेल, क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमाली, तरुण दलका जिल्ला अध्यक्ष राजु थापालगायतले नेपाली काङ्ग्रेसलाई साङ्गठनिक रूपमा एकताबद्ध बनाएर लैजानुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।