बिबिसी- तीन वर्षसम्म बुबाआमाहरूसँग धेरै घुलमिल गरेका बच्चाहरूको बीएमआई अर्थात् उचाइ अनुसारको मोटाइको अनुपात कम भएको पाइएको छ।
_x000D_
_x000D_
ब्रिटेनका बालबालिकासम्बन्धी स्वास्थ्यविद्ले उनीहरूलाई खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई दीर्घकालीन फाइदा मिल्ने पाइएको सो अध्ययनमा उल्लेख छ।
_x000D_
_x000D_
उदाहरणको लागि खाने र सुत्ने बानी बालबालिकामा छिट्टै विकास हुन्छ।
_x000D_
_x000D_
बच्चाहरूलाई खानेकुरा भोको हुँदामात्रै नदिएर उनीहरूलाई फकाउनका लागि दिने गर्नु हुँदैन।
_x000D_
_x000D_
त्यसो गरेमा उनीहरू ठूलो भएपछि आफ्नो तनाव कम गर्नका लागि पनि खानामै जोड दिन्छन् जसले मोटोपना निम्त्याउँछ।
_x000D_
_x000D_
के मा ध्यान दिने?
_x000D_
अमेरिकन मेडिकल एसोसिएशनको जर्नलमा प्रकाशित एउटा अध्ययनमा नर्सहरूले पहिलो पटक बच्चा जन्माएका दुई सय ७९ आमाहरूलाई घरमै बच्चा जन्मिएको भए छ महिनासम्म र क्लिनिकमा भए एकदेखि दुई वर्षसम्म कसरी बच्चाहरूको खानाको आवश्यकता पूरा गर्ने भनी सुझाएका थिए।
_x000D_
_x000D_
नर्सहरूको उक्त टोलीले आमाहरूलाई प्राथमिकता दिएको थियो किनभने शिशुको स्याहारसुसारमा सुरुका महिना र वर्षहरूमा बुवाको भन्दा आमाको बढी भूमिका हुन्छ।
_x000D_
_x000D_
त्यसरी दिइएको सुझावहरूमा सुत्ने तालिका, भोकाएका बच्चालाई शान्त पार्न वैकल्पिक खानेकुराहरू, बालबालिका भोकाएको थाहा पाउने उपाय, उनीहरूको शारीरिक क्रियाकलापमा के कस्तो ध्यान दिनेलगायत थिए।
_x000D_
_x000D_
ती बच्चाहरूलाई त्यसपछि तीन वर्षको उमेरमा जाँच गरिएको थियो। बच्चासँग कसरी व्यवहार गर्ने भनेर उपायहरू सिकाइएका आमाका बच्चाहरूको उचाइ र तौलको अनुपात कम देखियो।
_x000D_
_x000D_
यस्तो गर्दा बालकहरू भन्दा बालिकाहरू बढी प्रभावित भएको पाइयो।
_x000D_
_x000D_
अनुसन्धानकर्ताहरूले नौ वर्षको उमेरसम्म उनीहरूमाथिको अनुगमन गरिराख्छन्।
_x000D_
_x000D_
यो अध्ययनको नेतृत्व गरेका पेन स्टेट विश्वविद्यालयका इयान पलले हुर्कँदो उमेरका साना बालबालिकाहरूको मोटोपनाको दर यसरी बढिरहेको बेला शिशु अवस्थामै उनीहरूलाई स्वस्थ बानी बसाल्न निकै महत्त्वपूर्ण हुन्छ।
_x000D_
_x000D_
"सानै उमेरमा मोटोपना भएका बालबालिकाहरूमा उमेर बढ्दै जाँदा पनि मोटोपना रहिरहने खतरा बढी हुन्छ।"
_x000D_
_x000D_
तर मोटोपनाको यो चक्रमा रोक लगाउन आजीवन प्रयास गर्नुपर्छ।
_x000D_
_x000D_
"बढी तौल भएका भएका बालबालिकाहरू अभिभावक भइसक्दा पनि बढी तौलकै हुन्छन् र उनीहरूबाट जन्मिएका बालबालिका पनि बढी तौलकै हुन्छन् … यो चक्रमा तपाईँ कहाँ फेरबदल गर्नुहुन्छ?"
_x000D_
_x000D_
"हाम्रो अहिलेको अवस्थामा जीवनभरि प्रयास गर्न आवश्यक छ।"
_x000D_
_x000D_
ब्रिटेनमा पनि तथ्याङ्कहरूले समान खालको समस्याहरू देखाउँछ।
_x000D_
_x000D_
प्राथमिक विद्यालय सुरु गर्नु अगावै त्यहाँ झन्डै एकचौथाइ बालबालिकाहरूमा मोटोपना वा बढी तौल देखिन्छ भने उनीहरू ११ वर्ष पुग्दा त त्यो सङ्ख्या झन्डै एकतिहाइ पुगिसकेको हुन्छ।
_x000D_
_x000D_
रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थकी अध्यक्ष प्राध्यापक निना मोदीले शिशु अवस्थादेखि तीन वर्षसम्म गरिने व्यवहारले सानो तर स्थायी असर पुर्याउने बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।