काठमाडौं- ‘होलबडी’ चेकअपका नाममा हुने स्वास्थ्य परीक्षणमा शरीरका सबै अंगको परीक्षण नगरिने भए पनि मुख्य अंगहरुको अवस्थाबारे जानकारी पाउन सकिन्छ । त्यसैले ‘मलाई रोगै लागेको छैन? मलाई के हुन्छ र?
_x000D_
_x000D_
बिरामी भएपछि उपचार गराउँला’ जस्ता बाहाना बनाएर आफ्नो शरीरको चेकजाँच नगर्ने हो भने तपाईं थाहै नपाई गम्भीर रोगको शिकार बनिसकेको हुन सक्नु हुन्छ । यसतर्फ बेलैमा सोच्नु जरुरी छ।
_x000D_
_x000D_
१. पेटको अल्ट्रासाउन्ड एकपटकः पेटभित्रको ठूलो धमनी (उन्डोमिनल एवर्टा) फुल्ने रोग (एनोरिज्म) पत्ता लगाउन ।
_x000D_
_x000D_
२. रक्तचापः उमेर पाको हुँदै जाँदा रक्तचापमा घटबढ आउने भएकाले, समय समयमा ।
_x000D_
_x000D_
३. दिसामा रगतको जाँचः हरेक वर्ष ठूलो आन्द्राको क्यान्सर निदानका लागि ।
_x000D_
_x000D_
४. डिप्रेसनः हरेक पटक अस्पताल पुग्दा ।
_x000D_
_x000D_
५. रगतमा सुगरको मात्राः मधुमेहको निदानका लागि गर्नुपर्छ । कुनै पनि लक्षण नभएकाले कम्तिमा हरेक ३ वर्षमा एकपटक ।
_x000D_
_x000D_
६. तौलः हरेकपटक अस्पताल पुग्दा ।
_x000D_
_x000D_
७. कोलेस्टेरोलः रगतमा चिल्लोको मात्रा थाहा पाउनका लागि, हरेक पाँच वर्षमा कम्तिमा एकपटक ।
_x000D_
_x000D_
८. म्यामोग्राफीः उमेर बढ्दै जाँदा स्तन क्यान्सर हुने जोखिम बढ्ने हुनाले स्तनको अल्ट्रासाउन्ड गर्नुपर्छ । ४० वर्ष कटेका महिलाले हरेक वर्षमा एक पटक गराउँदा राम्रो ।
_x000D_
_x000D_
९. डेक्सा स्याक्नः हड्डीको कमजोरी थाहा पाउन यो प्रविधिबाट जाँच गरिन्छ । ६५ वर्षभन्दा माथिका महिलाले कमसेकम एकपल्ट यो जाँच गराउँदा राम्रो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।