तनहुँ- तनहुँ जिल्ला व्यास नगरपालिका–१० मा नौ सय मिटर अग्लो भ्यू टावर बन्ने भएको छ। पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सो ठाउँमा भ्यू टावर निर्माण गर्न लागिएको हो। उद्यान निर्माण गर्नेसमेत योजना रहेको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए।
_x000D_
_x000D_
दमौली उपत्यका, मिर्लुङकोट, छिम्केश्वरी डाँडा, तनहुँसुर दरबार, क्यामिनकोट, श्याम्घाको गलेखामकोट, मानहुँकोट, मादी उपत्यका, कलेस्ती उपत्यका, फराकचौर उपत्यका, गजौडे उपत्यकाका साथै कास्कीको नेपालपाखाको समेत भ्यु टावरबाट अवलोकन गर्न सकिन्छ।
_x000D_
_x000D_
'भ्यू टावर र व्यवस्थित उद्यान बनाउन सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ', उनले भने। सो ठाउँमा रुद्रदेवीको मन्दिरसमेत छ। वडा कार्यालयले मन्दिर जीर्णोद्धार गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।