काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको शुभकामना व्यक्त गरेकी छन्।
_x000D_
_x000D_
नयाँ वर्षले सबैमा नयाँ जोस, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकबासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश प्रवाह गर्न सकोस् भन्ने कामना राष्ट्रपति भण्डारीले आज दिएको शुभकामना सन्देशमा गरेकी छन्।
_x000D_
_x000D_
सामाजिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक संवत्को रुपमा रहेको नेपाल संवत्ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पूगने आशा राष्ट्रपतिले शुभकामना सन्देशमा व्यक्त गरेकी छन्।
_x000D_
_x000D_
यसैगरी, उज्यालो र उल्लासको पर्वको रुपमा मनाइने नेपालीहरूको महान् चाड तिहार तथा नेपालको मौलिक संवत् नेपाल संवत्को अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना व्यक्त गरेका छन्।
_x000D_
_x000D_
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी तथा विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका उपराष्ट्रपतिले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
_x000D_
_x000D_
यी पावन अवसरले ‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहनालाई पूरा गर्न तथा सबै नेपालीलाई एकाकार भएर अगाडि बढ्न प्रेरणा दिउन् भन्ने कामना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।