काठमाडौं– मंगलबार निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले बैंकबाट प्रवाह हुने सवारी कर्जा (अटोलोन) को सीमामा थप कडाइ गरेको छ। यसअघि ६५ प्रतिशत कर्जा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थालाई गाडी खरिदमा ५० प्रतिशतमात्र कर्जा प्रवाह गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।
_x000D_
_x000D_
राष्ट्र बैंकको उक्त निर्देशनसँगै अब गाडी खरिद गर्न चाहनेले थप रकमको जोहो गर्नुपर्ने भएको छ। मानौं कुनै खरिदकर्ताले एक करोड रुपैयाँ मूल्यको गाडी खरिद गर्दैछ भने उसले ५० लाख रुपैयाँ नगद भुक्तानी गर्नुपर्ने हुन्छ।
_x000D_
_x000D_
बाँकी ५० प्रतिशत रकमका लागि बैंकले कर्जा उपलब्ध गराउनेछ।
_x000D_
_x000D_
यो निर्णयसँगै गाडीको व्यापार घट्ने व्यावसायीहरूले बताएका छन्। ‘अहिले ८० प्रतिशत सवारी कर्जामा खरिद भइरहेको अवस्था छ,’ नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष सभ्भुप्रसाद दाहालले नेपाल लाइभसँग भने, ‘यो निर्णयले गाडीको ७५ प्रतिशतसम्म व्यापार घट्छ।’
_x000D_
_x000D_
राष्ट्र बैंकको यस्तो निर्णयले गाडी व्यापार संकटमा पर्ने दाबी उनले गरे।
_x000D_
_x000D_
राष्ट्र बैंकले सरोकारवालासँग छलफल नै नगरी एकतर्फी निर्णय गरेको दाबी उनले गरे। ‘यो निर्णयले हामी चकित भएका छौं,’ उनले भने।
_x000D_
_x000D_
सरकारले यसैवर्ष सवारी आयात गर्दा भन्सार कर बढाउनु र कर्जामा पनि कडाई गर्दा सवारी व्यापार संकटमा पर्ने व्यवसायीहरू बताउँछन्।
_x000D_
_x000D_
राष्ट्र बैंकको निर्देशनले चारपांग्रे सवारीमामात्र नभएर दुईपांग्रेमा पनि असर गर्ने व्यवसायीहरू बताउँछन्।
_x000D_
_x000D_
हाल फाइनान्स तथा सहकारीसमेतले दुईपांग्रे सवारीमा लगानी गर्दै आएकामा त्यसमासमेत धक्का पुग्ने एसोसियसनका अध्यक्ष दाहाल बताउँछन्।
_x000D_
_x000D_
बैंकको यस्तो निर्णयले सवारी खरिदको सबै प्रक्रिया पुरा गरी कर्जा लिने तयारीमा रहेको सेवग्राहीलाई असर पार्ने उनी बताउँछन्। त्यस्ता ग्राहकलाई राष्ट्र बैंकले छुट दिनुपर्ने उनको माग छ।
_x000D_
_x000D_
‘नाडा अटो शो तथा दसैं अगाडि नै धेरै उपभोक्ताले साविकको सुविधा उपयोग गर्नेगरी सवारी खरिद गरिसकेका छन्,’ एसोसियसनका अध्यक्ष दाहालले भने, ‘तर, कर्जा पाउने समयमा यस्ता निर्णयले ती ग्राहकलाई प्रत्यक्ष असर पर्छ।’
_x000D_
_x000D_
उत्पन्न समस्याका सम्बन्धमा राष्ट्र बैंकसँग छलफलको आवश्यकता रहेको अध्यक्ष दाहालले बताए।
_x000D_
_x000D_
यसअघि राष्ट्र बैंकले आव २०७३/०७४ को अर्ध वार्षिक बजेट समिक्षामार्फत् साविकमा ८५ देखि ९० प्रतिशतसम्म रहेको अटो लोनलाई कडाइ गर्दै ६५ प्रतिशतको सीमामा झारेको थियो।
_x000D_
_x000D_
त्यसयता मंगलबार राष्ट्र बैंकलेसवारी कर्जामा ५० प्रतिशत मात्रै कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको हो।
_x000D_
_x000D_
पेट्रोलियम खपत गर्ने सवारीका हकमा कर्जामा कडाइ गरेको राष्ट्र बैंकले विद्युतीय गाडीका लागि भने साविककै अर्थात ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्थालाई निरन्तरता दिएको छ।
_x000D_
_x000D_
अत्यधिक गाडी आयातका कारण व्यापार घाटा चुलिएको ठहर गर्दै राष्ट्र बैंकले कर्जामा कडाइ गरेको हो। नेपाल राष्ट्र बैंकका अनुसार गत आव ०७४/७५ मा मात्रै करिब २ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।