सर्लाही – सर्लाहीको मलंगवा–१० मा करेन्ट लागेर एक जना बालकको ज्यान गएको छ।
_x000D_
_x000D_
दिपावलीको बत्ती बाल्न प्रयोग गरिएको तारबाट करेन्ट लाग्दा १० वर्षीय निशान्त रायको ज्यान गएको हो। घरको छतमा बिजुलीको तार छुँदा करेन्ट लागेर भूइँमा बजारिएका बालककाे निधन भएको हो।
_x000D_
_x000D_
मृतकको शव पोष्टमार्टमका लागि सर्लाही अस्पताल मलंगवा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।