काठमाडौँ- महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना गरेको छ।
_x000D_
_x000D_
महाशाखाले ‘सडक सभ्यता कायम राखौँ’, ‘लेन अनुशासन कायम राखौँ’, ‘मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऔँ’, ‘जेब्रा क्रसिङबाट बाटो काटौँ’लगायत ट्राफिक जनचेतनामूलक गीत समावेश गरेर देउसीभैलोको आयोजना गरेको हो।
_x000D_
_x000D_
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले आमजनतालाई ट्राफिक अनुशासन सिकाउन देउसीभैलो कार्यक्रमको आयोजना गरेको जानकारी दिए। 'उपत्यकामा सवारी साधनको मात्रा बढ्दै गएको र सडक सभ्यता कायम गर्न मद्दत पुर्याउने उदेश्यले देउसीभैलो कार्यक्रम आयोजना गरेका हौँ,' उनले भने ।
_x000D_
_x000D_
विगतका वर्षमा अडियोमार्फत एफएमबाट गीत प्रशारण गर्दै आएको महाशाखाले यसवर्ष भिडियोमार्फत पनि देउसीभैलो कार्यक्रमको आयोजना गरेको हो। महाशाखाका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।