काठमाडौं- प्रहरीले काठमाडौंमा १० लाख मूल्य बराबरको पटाका नष्ट गरेको छ।
_x000D_
_x000D_
तिहारका लागि भित्र्याइएका करिब १० लाख बराबरको पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई टेकुस्थित महानगरीय प्रहरी परिसरमा बुधबार बिहान नष्ट गरिएको हो। ठूलो धनजनको क्षति निम्त्याउने कानुनद्वारा बर्जित पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई सञ्चारकर्मी र स्थानीयको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए।
_x000D_
_x000D_
परिसरले पटाका बिक्री वितरणमा संलग्न ९ जनालाई पनि नियन्त्रणमा लिई कानुनी कारबाही पनि सुरु गरेको छ।
_x000D_
_x000D_
परिसरले काठमाडौंलाई पटाका मुक्त बनाउन अभियान नै सञ्चालन गरेको छ। परिसरका प्रमुख लामाले पटाका पड्काउने वा यसको बिक्री वितरण गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिए। पटाका पड्काउने तथा बिक्रीवितरण गरेको पाइए प्रहरीलाई सूचना दिन पनि उनले सबैलाई आह्वान गरेका छन्।
_x000D_
_x000D_
नियन्त्रणमा लिई नष्ट गरिएका पटका ३ महिनाअघि नै काठमाडौं भित्रिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।