इटहरी- इटहरी उपमहानगरपालिकास्थित गोर्खा डिपार्टमेन्टल स्टोरअगाडि आगलागी भएको छ।
_x000D_
_x000D_
दिउँसो सवा १ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन। इटहरी, दुहबी, धरान लगायतबाट झिकाइएको दमकलमार्फत आगो नियन्त्रणको प्रयास भइरहेको छ। व्यापारिक भवनमा सल्किएको आगो अन्यत्र नफैलिए पनि भित्र ठूलो क्षति भएको छ।
_x000D_
_x000D_
लक्ष्मीपूजाको तयारीका क्रममा बत्ती बाल्दा आगो सल्किएको अनुमान गरिएको छ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।