गलेश्वर– सानैमा दायाँ हात र खुट्टाले काम नगरेपछि म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुङकोट फापरखेतका चन्द्रबहादुर दर्जी बायाँ हात र बायाँ खुट्टाको भरमा सकीनसकी ज्याला मजदूरी गर्थे।
_x000D_
_x000D_
त्यसैको आम्दानीले आफूसहित परिवारको गुजारा चलाउँथे।
_x000D_
_x000D_
केही दिनअघि पशु स्याहार गर्ने क्रममा गोठमा लडेर बायाँ हात पनि नचल्ने भएपछि दर्जीको विचल्ली भएको छ।
_x000D_
_x000D_
उपचारको त कुरै छोडौँ। हात जचाउनका लागि अस्पतालसम्म जाने पैसा छैन।
_x000D_
_x000D_
उपचार खर्च नहुँदा दर्जी ओछ्यानमा रुँदै सहयोगदाताको खोजीमा छन्।
_x000D_
_x000D_
अविवाहित ५३ वर्षीय दर्जी अहिले कसैले पस्केर थालमा हालिदिएको खाना पनि खान नसक्ने अवस्थामा छन्।
_x000D_
_x000D_
उनकोे अवस्था अत्यन्त टिठ लाग्दो रहेको बेनपा–२ भकुण्डेका समाजसेवी भीमबहादुर पौडेलले जानकारी दिए।
_x000D_
_x000D_
पौडेलकाअनुसार गोठमा लडेर बायाँ हात पनि नचल्ने भएपछि दर्जी ज्याला मजदूरी गर्न सक्ने अवस्थामा छैनन्।
_x000D_
_x000D_
खर्चको अभाव हुनाले उपचार गर्न नसकेको र एकचोटि राम्रोसँग अस्पतालमा जचाउन जान नसकेको दर्जीको गुनासो छ।
_x000D_
_x000D_
उपचार गर्न, जान आउन, खान, बस्न र आराम गर्दासम्म आवश्यक पर्ने रकमसम्म जुटाउन सकेमा दर्जीको उद्धारका लागि केही राहत हुने स्थानीयबासीले बताएका छन्।
_x000D_
_x000D_
तिहारको रमझममा गरिने अतिरिक्त खर्च कटाएर दर्जीको उपचारका लागि सहयोग गर्न स्थानीय बुद्धिजीवी भवीन्द्र कुवँर (भवभिन्न)ले सहयोग गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।