• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जनप्रतिनिधिलाई सडककाे धुलाे खान निम्ताे

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २१, २०७५  ०३:३४
1140x725

बर्दिवास– दिदीबहिनीले आफ्ना दाजुभाइलाई तिहारको निम्ता दिइरहेका बेला महोत्तरी बर्दिवास नगरपालिकाका सर्वसाधारणले भने आफ्ना जनप्रतिनिधिलाई सडकको धुलो खाने निम्ता दिएका छन्। 

_x000D_ _x000D_

बर्दिवास–जलेश्वर सडक छेउका बासिन्दाले तिहार पर्व सुरु भएसँगै नगरका चोकचोकमा भेला भएर सार्वजनिकरुपमै आफ्ना जनप्रतिनिधि र सडक विभागसम्बद्ध अधिकारीलाई यो सडक क्षेत्रमा आएर बुङ्बुङ्ती उडिरहेको धुलो खान सार्वजनिक निम्ता दिएका हुन्। 

_x000D_ _x000D_

'हेर्नोस् न, हामी यो सडकमा दिनहुँ बुङ्बुङ्ती उड्ने धुलो खाइरहेका छौँ', बर्दिवास नगरपालिका–२ ओमशान्तिचोकमा एकाबिहानै भेला भएका वरपरका टोलवासीको बीचबाट दीपमायाँ श्रेष्ठले भनिन्, 'मन्त्री, नगरपालिका प्रमुख र कुनै हाकिमको ध्यान सडकमा परेन, त्यसैले तिहार सुरु भएको अवसरमा दाजुभाइलाई तिहारको निम्ता दिनसँगै उहाँहरु (जनप्रतिनिधि र सडकसम्बद्ध अधिकारी) लाई सडकमा उड्ने धुलो खान निम्ता गरेका हौँ।' 

_x000D_ _x000D_

बर्दिवास–जलेश्वर सडकखण्डअन्तर्गत बर्दिवास नगरका क्षेत्रका चोकचोकमा तिहारका अवसरमा सर्वसाधारणले यो अभियान सुरु गरेका हुन्। विक्रम संवत् २०४८ मा कालोपत्र गरिएको ४२ किलोमिटर दूरीको बर्दिवास–जलेश्वर सडक त्यसयता कहिल्यै मर्मतसम्भार नगरिएको यो सडक क्षेत्र वरिपरि बासिन्दाको गुनासो छ। 

_x000D_ _x000D_

'सडक अब खाल्डाखुल्डीमा परिणत भइसकेको छ, अत्यन्त चल्तीको यो सडकमा दिनहुँ चल्ने सयौँ सवारी साधनले आकास नै ढाकेर धुलो उडाउँछन्', सडकको दुर्दशा देखाउँदै बर्दिवास–२ का बुद्धचोकमा भेला भएकाको बीचबाट अर्की स्थानीय गायत्री उपाध्यायले भने, 'यो दुर्दशा देखाउन नै तिहार लागेको दिन दाजुभाइलाई निम्ता दिनभन्दा पहिले मन्त्रीजी, मेयरसा’ब र हाकिलाई यहाँको धुलो खान सार्वजनिक निम्ता गरेका हौँ।' 

_x000D_ _x000D_

जनप्रतिनिधि र सडक विभागका अधिकारी यहाँ आएर धुलो खाए चाँडै सुधार हुन्थ्यो कि भन्ने आफूहरुको विश्वास रहेको चोकमा भेला भएका सयौँ स्थानीयवासीले एकैस्वरमा बताए। 

_x000D_ _x000D_

'मन्त्री (गिरिराजमणि पोखरेल), राष्ट्रियसभाका उपाध्यक्ष (शशिकला दाहाल) र प्रदेशसभा सदस्य (शारदा थापा) पनि हाम्रै नगरका मतदाता हुनुहुन्छ, मेयर सा’बसहितका प्रतिनिधि त यहीँकै हुनु नै भयो', बुद्धचोकको भेलामा उपस्थित जनता बहुमुखी क्याम्पस बर्दिवास स्नातक तहकी छात्रा मीना पौडेलले भनिन्, 'सडकको दुरावस्थाले तिमीहरु दुःख पाएछौँ भन्न कोही देखिनुहुन्न, त्यसैले यो सडकमा उड्ने धुलो खान उहाँहरुलाई निम्ता गर्नु ठिकै हो।' 

_x000D_ _x000D_

पछिल्ला कैयौँ वर्षदेखि सडक भत्किएर ठूलठूला खाल्डाखुल्डी बन्दा सवारी साधन चलाउन बढेको जोखिमसँगै यहाँ उड्ने धुलोले जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको बुद्धचोककै बासिन्दा स्वास्थ्यकर्मी श्यामनारायण लाल बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यो सडक क्षेत्रमा बर्दिवास नगरपालिका बाहेक औरही, रामगोपालपुर, मनराशिशवा, जलेश्वर नगरपालिका र एकडारा गाउँपालिका पर्छन्। सडक क्षेत्रका यी सबै नगर/गाउँ बस्ती अहिले सडकमा उड्ने धुलोले आक्रान्त छन्। 

_x000D_ _x000D_

'बर्दिवासका सर्वसाधारणले तिहारमा धुलो खान जनप्रतिनिधि र सडकसम्बद्ध अधिकारीलाई निम्तो दिएको सार्वजनिक घोषणा गरेछन्', सडक क्षेत्रमा पर्ने रामगोपालपुर नगरपालिकाको कञ्चनपुरका राजनीतिक, सामाजिक कार्यकर्ता गौरी मण्डलले भने, 'उनीहरुले यो दुर्दशा त नदेखेका होइनन् नि! ध्यान नदिएका हुन् , अब सडक क्षेत्रका सबैतिर सडक सुधारसँग जोडिएका सचेतना कार्यक्रम नै सञ्चालन गर्नुपर्छ।' 

_x000D_ _x000D_

मन्त्री, प्रमुख र सडक विभागका हाकिम यता आउनै छाडेका र कदाचित आइहाले पनि सुविधा सम्पन्न आफ्ना गाडीको सबै झ्याल थुनेर हुँइकिने गरेकाले आफूहरुको दुःख नबुझेका यस भेगका बासिन्दाको गुनासो छ। 

_x000D_ _x000D_

सडकमा आकाश ढाकेर उड्ने बुङ्बुङती धूलो खान सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारका प्रतिनिधि र सडकसम्बद्ध अधिकारीलाई निम्तो नै गरेपछि सबैको सडकतिर ध्यान पुग्ने यहाँका बासिन्दाले आस सँगालेका छन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

यो सडक क्षेत्रको बर्दिवास नपामा पर्ने हटियाचोक, लचका, दर्लामीचोक, ओमशान्तिचोक, बुद्धचोक, हङ्कङ्ग डाँडा, बेङ्खाडी चोक, रामानन्दचोक र करमटोकी चोकमा आज बिहान वरपरका सर्वसाधारण जम्मा भई जनप्रतिनिधि र सडकसम्बद्ध अधिकारीलाई धुलो खान गरेका सार्वजनिक निम्ताले विकास र सुधारप्रति सामाजिक चासो बढेका रुपमा ग्रहण गर्नुपर्ने यहाँका बुद्धिजीवी बताउँछन्। 

_x000D_ _x000D_

आफ्नै मतदाता रहेका बर्दिवास नगरका मतदाताले तिहारमा धुलो खान गरेको निम्ता सार्वजनिक सरोकारमा बढेको सचेतताका रुपमा आफूले बुझेको महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले बताए। 

_x000D_ _x000D_

'पहिलो पटक निर्माण भएयता मर्मतसम्भार नपाएको यो सडकको स्तरोन्नति गर्न म आफ्नो तहबाट प्रयत्नशील छु', प्रदेशसभा सदस्य थापाले भने, 'यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री, आफ्नै क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा वर्तमान सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, सडक विभागसम्बद्ध अधिकारी र स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गर्दैछु।' 

_x000D_ _x000D_

बर्दिवास नपाका प्रमुख विदुरकुमार कार्कीले सडकको अवस्थाबारे आफू जानकार रहेको र यसको स्तरोन्नतिका लागि संघीय सरकारका सम्बन्धित मन्त्री, सडक डिभिजन कार्यालय जनकपुर र हुलाकी सडक कार्यालय बर्दिवाससँग कैयौँ चरणमा छलफल गरेको बताए। 

_x000D_ _x000D_

बर्दिवास–जलेश्वर सडकको रेखदेखको जिम्मा पाएको हुलाकी सडक कार्यालयले जिल्ला र छिमेकका अन्य जिल्लाका हुलाकी सडकसँगै यो सडकको पनि मर्मतसम्भार र स्तरोन्नतिका लागि काम थालिने जनाएको छ। यसका लागि प्रक्रिया सुरु भइसकेको हुलाकी सडक कार्यालय बर्दिवासका प्रमुख देवेन्द्र साहले जानकारी दिए।  

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५  ०३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल
सम्बन्धित सामग्री
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो वर्षासँगै आएको बाढी र पहिरोले सीमा जोड्ने सडकका विभिन्न ठाउँमा क्षति पुर्‍याएपछि सिमकोटदेखि हिल्सा नाकासम्मको यातायात ठप्प भएको हो। मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मन्त्रालयले जारी गरेको निर्णय अनुसार देशभरका विभिन्न निकायमा कार्यरत १०० जना कर्मचारीहरूलाई नयाँ जिम्मेवारी दिँदै काज सरुवा गरिएको ह... मंगलबार, असोज १३, २०८३
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे जानकारी लिन आयोगले सोमबार पत्राचार गर्दै एसएसपी खड्क... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल मंगलबार, असोज १३, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी मंगलबार, असोज १३, २०८३
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्