बेत्रावती– घाँस काट्न भनेर जंगल गएकी नुवाकोट बेलकोटगढी नगरपालिका–१० चिसापानीका सन्तकुमारी तामाङ आज मृत्त अवस्थामा भेटिएकी छन्।
_x000D_
_x000D_
गत शनिबार घाँस काट्न गएकी ६५ वर्षीया तामाङ नफर्केपछि खोजी गर्ने क्रममा बेलकोटस्थित चिसापनी जंगलमा भीरबाट लडेर मृत्यु भएको अवस्थामा परिवारले भेटाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुवरले जानकारी दिए।
_x000D_
_x000D_
शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।