काठमाडौं– दक्षिण कोरियामा आज एक नेपालीको काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको छ।
_x000D_
_x000D_
पाँचथरको फिदिम नगरपालिकाका राजेश तुम्बापोको मेशिनले च्यापिएर मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम कन्सुलर दिल्लीराम बाँस्तोलाले जानकारी दिए।
_x000D_
_x000D_
तुम्बापो दुई वर्षअघि इपिएसमार्फत कोरियामा एक प्लास्टिक कम्पनीमा काम गर्दै आएका थिए।
_x000D_
_x000D_
मृतकको शवपरीक्षणका लागि अस्पतालमा राखिएको छ।
_x000D_
_x000D_
नेपाली कामदारका लागि आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा विभिन्न कारणबाट मृत्यु हुने नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।