भक्तपुर– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका एक व्यक्तिको मिर्गौला दुई बिरामीलाई सफल प्रत्यारोपण गरिएको छ।
_x000D_
_x000D_
मस्तिष्क मृत्यु भएका सर्लाहीका ७२ वर्षीय टेकबहादुर योञ्जनको दानबाट प्राप्त दुईवटा मिर्गौला वीर अस्पताल र यस केन्द्रमा उपचारत दुई जना बिरामीमा सफल प्रत्यारोपण गरिएको केन्द्रद्वारा पत्रकार सम्मेलनमा केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।
_x000D_
_x000D_
पोखरा घर भई वीर अस्पतालमा मिर्गौलाको उपचार गराइरहेका ५६ वर्षीय एक पुरुषलाई र स्याङ्जा घर भई पोखरा मणिपाल टिचिङ अस्पताल हुँदै भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका ३० वर्षीय अर्का पुरुषलाई सफल प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ।
_x000D_
_x000D_
मिर्गौला प्रत्यारोपण गरिएका दुवै बिरामीले डेढ वर्षदेखि मस्तिष्क मृत्यु भएका व्यक्ति दानबाट पाइने मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गर्न पर्खाइमा बसेको बताउँदै यो वर्ष भने आफूहरु नयाँ जीवन पाइएको बताए।
_x000D_
_x000D_
केन्द्रका प्रमुख डा श्रेष्ठले मस्तिष्क मृत्यु भएकाहरुले गरेको मिर्गौला दानबाट प्रत्यारोपण गर्न ५ सय जना मिर्गौलाका बिरामी फाराम भरेर प्रतीक्षामा रहेको बताए। उनले भने, 'नेपालमा हरेक वर्ष एक हजार जनाको मृत्यु मस्तिष्क मृत्युका कारण हुने गरेको छ, ती बिरामीबाट नेपालको कानूनअनुसार ८ वटा अङ्ग दान लिन मिल्छ, त्यस्ता बिरामीले गर्ने अङ्गदानबाट ८ हजार बिरामीको ज्यान बचाउन सकिन्छ।'
_x000D_
_x000D_
उनका अनुसार मस्तिष्क मृत्यु भएका एक बिरामीबाट दुई मिर्गौला, फोक्सो, मुटु, कलेजो, सानोआन्द्रा, आमाशयलगायत अङ्ग दान लिन मिल्छ। यसले एक वर्षमा हजारौँको ज्यान बचाउन सकिन्छ।
_x000D_
_x000D_
यसअघि २०७४ साल वैशाख २८ गते दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका सिन्धुलीका २४ वर्षीय गोविन्द भुजेलको मिर्गौला दानबाट नेपालमै पहिलो पटक मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट दुई बिरामीलाई सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो भने अहिले दोस्रो पटक सफल मिर्गौला प्रत्यारोपण गरिएको छ।
_x000D_
_x000D_
गत कात्तिक १२ गते राती ललितपुरको गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिसर्च सेन्टरमा टेकबहादुर योञ्जनको मस्तिष्कघातका कारण मस्तिष्क मृत्यु भएको न्यूरोलोजिस्ट डा प्रवीण श्रेष्ठ र एनेस्थेसियोलोजिस्ट चिकित्सक डा आरती राई र डा निरज हिराचनले जानकारी गराएका थिए।
_x000D_
_x000D_
अस्पतालका चिकित्सक डा हिराचनले बिरामीका परिवारलाई मस्तिष्क मृत्यु भएको व्यक्ति आफू मरेर गए तापनि अरू व्यक्तिलाई बचाउन सक्ने कुरा बुझाएर परिवारले अङ्गदान गर्न मञ्जुरी दिएपछि त्यही रात प्रतीक्षामा रहेका दुई बिरामीलाई मिर्गौला प्रत्यारोपण गरिएको थियो।
_x000D_
_x000D_
गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिर्सच सेन्टरका प्रमुख कार्यकारी निर्देशक मिलन गुरुङ, शवपरीक्षण विज्ञ डा हरिहर अवस्थी, केन्द्रका शाखा अधिकृत हरिहर पोख्रेल, ट्रान्सप्लान्ट कोर्डिनेटर सनिषा कार्की र अधिवक्ता सुशील श्रेष्ठद्वारा कानूनी प्रक्रिया पूरा गरी अङ्ग झिकिएको थियो।
_x000D_
_x000D_
केन्द्रका चिकित्सक डा कल्पना श्रेष्ठ, प्रा डा राकेशकुमार बर्मा, डा मोहन देवभण्डारी, डा विजय कटुवाल, डा दीपेश श्रेष्ठ, डा निभा श्रेष्ठ, डा रेखा श्रेष्ठ, डा किरणजङ्ग कुँवर, डा शोभित थापा, नर्सिङ्ग निर्देशक दुर्गा श्रेष्ठ, डा मेघा जोशी, डा अमृत केसी, डा लक्ष्मीप्रसाद त्वयाना, ओटी इञ्चार्ज सिजन गुरुङ लगायतका प्राविधिकसहितको टोलीले सोही रात मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।