दाङ– संघीय संसदका सभामुख कृष्णबहादुर महराले नेपालमा पश्चिमा संस्कृति भित्रिन दिन नहुने बताएका छन्।
_x000D_
_x000D_
दलित कला–संस्कृति तथा सामुदायिक विकास केन्द्र दाङले आयोजना गरेको सोरठी देउसी –भैलो कार्यक्रमको उद्घान गर्दै सभामुख महराले यस्तो बताएका हुन्।
_x000D_
_x000D_
महराले नेपाल बाह्य संस्कृतिको सिकार बन्दै गएको बताउँदै यसलाई सबैले हटाउनु पर्ने बताए। नेपालको परम्परागत संस्कृतिमाथि प्रहार भइरहेको भन्दै सभामुख महराले संस्कृतिको प्रवद्र्धन गर्न सबैले ध्यान दिनुपर्ने बताए।
_x000D_
_x000D_
नेपालमा विविध भाषाभाषी लोक – संस्कृति पाइने भएकाले यसलाई संस्कृतिक अध्ययन केन्द्रका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।
_x000D_
_x000D_
देउसी भैलोले नेपालको मौलिकपना जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै कला संस्कृतिको संरक्षणमा सम्पूर्ण युवाले ध्यान दिनुपर्ने बताए।
_x000D_
_x000D_
कार्यक्रममा संघीय संसदका सदस्य रेखा शर्मा, शान्ता चौधरी, प्रदेश सभा सदस्य अमरबहादुर डाँगीलगायतले नाचेरै सोरठी भैलोको उद्घाटन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।