काठमाडाैं– सरकारले तिहारमा अत्याधिक बिक्री वितरण हुने काठमाडौंको मिठाइ पसल अनुगमनको कामलाई तीव्रता दिएको छ।
_x000D_
_x000D_
तिहारमा आम उपभोक्ताले अखाद्य वस्तु उपयोग नगरुन् भन्ने उद्देश्यका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंको मिठाइ पसलको अनुगमनको कामलाई तीव्रता दिइएको हो।
_x000D_
_x000D_
यसै अवसर पारेर मंगलबार काठमाडौंको थापाथली र कमलादीमा रहेको २ वटा मिठाइ पसलमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसी नेतृत्वको उच्चस्तरीय टोलीले अनुगमन गरेको छ।
_x000D_
_x000D_
थापाथलीस्थित आँगन मिठाइ पसल र कमलादीस्थित बिगबेल स्विट्समा सचिव जिसी नेतृत्वको टोलीले अनुगमन गरेको हो।
_x000D_
_x000D_
अनुगमनका क्रममा ती दुवै पसलको सबै मिठाइको परिक्षण गरी गुणस्तरमा सुधार ल्याउन सचेत गराइएको छ। दुवै मिठाई पसलमा गुणस्तर सुधार गर्न सचेत गराइएको सचिव जिसीले जानकारी दिए। उनले गुणस्तर हेरेर मात्रै मिठाइ लगायतका खाद्य वस्तु खरिद गर्न पनि आम उपभोक्तालाई सचेत गराए।
_x000D_
_x000D_
सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंलगायत देशका मुख्यमुख्य सहरमा बजार अनुगमनको कामलाई निरन्तरता दिँदै आएको छ। सचिव जिसीले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन जनशक्ति अभावका कारण नसकिएको पनि स्पष्ट पारे।
_x000D_
_x000D_
सरकारले विगत २ महिनायता तरकारी, दुध, माशु, खानेपानी, तेललगायतका दैनिक उपभोग्य खाद्य वस्तुको बजार अनुगमन गरी गुणस्तरहीन खाद्य वस्तु उत्पादकहरुको कारखानामा शीलबन्दी समेत गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।