काठमाडौं- रानीपोखरीको मन्दिर भाइटीकाका लागि खुल्ने भएको छ। तिहारमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूका लागि टीका लगाउने व्यवस्थाका लागि मन्दिर खुलाउन लागेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए।
_x000D_
_x000D_
भूकम्पका कारण रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भए पनि मन्दिरको मूर्ति बाहिर राखेर पूजाआजाको व्यवस्था मिलाइने विभागका प्रवक्ता कुँवरले बताए।
_x000D_
_x000D_
पूजाआजाको व्यवस्थापन भने काठमाडौं महानगरपालिकाले गर्नेछ। साढे ३ वर्ष वितिसक्दा पनि रानीपोखरी पुनर्निर्माणको टुंगो लागेको छैन। मन्दिर निर्माणको शैलीको विवादका कारण पुनर्निर्माण हुन नसकेको हो।
_x000D_
_x000D_
बालगोपालेश्वर मन्दिर वर्षको एक दिन भाइटीकामा मात्र खुल्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।