काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले २३ वर्षअघि कर्तव्य ज्यान मुद्दाका फरार दोषीलाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
सिआइबीले सर्वोच्च अदालतबाट दोषी ठहर भई फरार भएका सुनसरीको तत्कालीन प्रकाशपुर गाविस–५ का राजेन्द्र राईलाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
राईले २०५२ साल मंसिर ४ गते बेलुका साढे ६ बजे प्रकाशपुर गाविस–५ घर भई उदयपुरको तत्कालीन रामपुर गाविस–२ कोशिटप्पु बस्ने नारायण शाहको हत्या गरेका थिए।
_x000D_
_x000D_
काठ तस्करीको सूचना दिएको भन्दै राईले शाहलाई लाठ्ठी र मुक्का प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए। शाहको शव कोशिटप्पुको आहालेमा भटिएको थियो।
_x000D_
_x000D_
सर्वाेच्च अदालतले उनीविरुद्ध २०६० चैत ५ गते जन्मकैदको फैसला सुनाएको थियो।
_x000D_
_x000D_
पक्राउ परेका उनलाई कैद भुक्तानका लागि उदयपुर कारागार पठाइएको सिआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।