काठमाडौं– गत जेठ २ गतेभन्दा अगावै भिसा लागिसकेका कामदारले पुनः स्वास्थ्य परीक्षण गरी मलेसिया जान पाउने भएका छन्। बायोमेट्रिक, भिएलएन, जीएसजी, वान स्टप सेन्टर र माइग्राम्सले मलेसिया जाने कामदारलाई गैरकानूनी रुपमा ठगी गरेको भन्दै सरकारले जेठ २ गते बन्द गरेपछि करीब साढे नौ हजार नेपाली भिसा लागेर पनि मलेसिया जान पाएका थिएनन्।
_x000D_
_x000D_
अब पुनः स्वास्थ्य परीक्षण गरी उनीहरुका लागि मलेसिया जाने बाटो खुल्न लागेको हो। कात्तिक १२ गते नेपाल सरकार र मलेसियाबीच श्रम समझदारीमा हस्ताक्षर भएपछि यही महिनाको अन्तिम साताबाट कामदार पठाउने तयारी श्रम मन्त्रालयले गरेको बताएको छ। सम्पूर्ण प्रक्रिया पूरा गरी जान नपाएका कामदारको भिसालाई कलिङ भिसा भनिन्छ।
_x000D_
_x000D_
भिसाको अवधि सकिएर मलेसिया जाने नपाएका कामदारले पुनःस्वास्थ्य परीक्षण गरेर त्यहाँ जाने पाउने श्रम मन्त्रालयले जानकारी दिएको छ। भिसाको अवधि सकिएर त्यहाँ जान नपाएका कामदारका विषयमा छलफल भइरहेको र यो विषयमा मलेसिया सकारात्मक देखिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रवक्ता नारायण प्रसाद रेग्मीले बताएका छन्। ‘भिसा प्रक्रिया पूरा भएर जान नपाएका कामदारले पुनः स्वास्थ्य परीक्षण गरे जान पाउने गरी प्रविधिक कमिटीले टुंगो लगाउनेछ,’ उनले भने।
_x000D_
_x000D_
कलिङ भिसा लागेर आएपछि मलेसिया नजाने आप्रवासी कामदारलाई त्यहाँको अध्यागमन विभागले कालोसूचीमा राख्ने कानुनी व्यवस्था छ। भिसा लागेको कामदार म्यादभित्र मलेसिया नपुगे ५ वर्ष कालोसूचीमा राख्ने मलेसियको कानुनी व्यवस्था छ।
_x000D_
_x000D_
यसरी रोकिएका कामदारलाई नेपाल सरकारले कालोसूचीमा नराख्न आग्रह गरेको प्रवक्ता डा रेग्मीले जानकारी दिए। कुटनीतिक विषयमा समस्या आउँदा दुवै देशले मध्यमार्गी बाटोबाट समस्याको समाधान खोजी सहमति हुने उनको दाबी छ।
_x000D_
_x000D_
भिसा लागेर पनि मलेसिया जान नपाएका ९ हजार ४ सय कामदारको सूची वैदेशिक रोजगार व्यवसायी संघले गत असोजमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई बुझाएको थियो।
_x000D_
_x000D_
संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तानाका अनुसार सरकारले मलेसियाका लागि श्रम स्वीकृति बन्द गरेयता ९ हजार ४ कामदारको कलिङ भिसा लागेको तंथ्याक व्यवसायीसँग रहेको बताए। मलेसिया जाने कामदारले सबै प्रक्रियाका लागि प्रतिव्यक्ति कम्तीमा पनि १३ हजार खर्च गरिसकेको संघले जनाएको छ।
_x000D_
_x000D_
४० हजार कामदारको माग गुम्यो : व्यवसायी
_x000D_
मलेसियाको रोजगारीमा कामदार आपूर्ति गर्ने २ सय ३८ वटा म्यानपावर कम्पनी छन्। यी म्यानपावरमा विगत ८ महिनायता ४० हजार कामदारको माग आएको संघले जानकारी दिएको छ। यो अवधिमा ४० हजारको रोजगारी गुमेको व्यवसायीको भनाइ छ। नेपालबाट मासिक ७ देखि १० हजारसम्म कामदार श्रम स्वीकृति लिएर मलेसिया पुग्ने गरेका थिए।
_x000D_
_x000D_
पछिल्लो समय खाडीका देशमा उत्पन्न समस्यापछि नेपाली श्रमिकको रोजाइमा मलेसिया पर्ने गरेको छ। मलेसिया सरकारसँग श्रम सम्झौता भएपनि त्यहाँको रोजगारी कात्तिक अन्तिम सातादेखि मात्र खुल्ने श्रम मन्त्रालयको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।