• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

तस्बीरमा हाँसेकाे कर्णाली

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २०, २०७५  १४:२०
1140x725

रारा– कर्णाली बालक जस्तो छ झरझर। धपधप बलेको। तर, हेर्दा जीर्ण कायाको वृद्धजस्तो। सायद यो बुझाइमा कर्णाली टेकेका धेरैको सहमति रहन सक्छ।

_x000D_ _x000D_

अनमोल फाउन्डेसनले रारा किनारमा यसै साता आयोजना गरेको ‘रारा साहित्यिक तथा सांस्कृतिक महोत्सव–२०७५’ मा खिचिएको एक तस्बिर हो यो।

_x000D_ _x000D_

_x000D_ _x000D_

महोत्सवको पहिलो दिन गायक चन्द्र शर्माले मुगालीलाई नचाइरहँदा पाको उमेरका देखिने यी युवा दर्शकको अन्तिम लहरमा उभिएर हाँसिरहेका थिए। हातमा आधा भरिएको चाउचाउको खोल समातेर उनको काँधमा एक बालिका निदाइरहेकी थिइन्, सायद उनकी छोरी हुनुपर्छ। स्टेज नजिकै उभिएको म हतपत उनी नजिक गएँ र फरकफरक कोणबाट तस्बिर खिचेँ। कम्तीमा दुवैको नाम, थर मात्र भए पनि सोध्नुपर्ला भनेर हतारिएको मभित्र चुलिएको साहस एकाएक गहिरिएर गयो। बरु उनीहरुको नामथर त ठ्याक्कै कर्णाली प्रदेशसँग मिल्दोजुल्दो लाग्यो।

_x000D_ _x000D_

त्यसकारण पनि म यस निष्कर्षमा पुगेको हुँ कि कर्णाली वास्तवमा तिनै बालिका जस्तो छ। तर, देखिँदा उनका बुवा जस्तो वृद्ध। र, पनि हाँस्दो छ।

_x000D_ _x000D_

OOO

_x000D_ _x000D_

रारा यात्राको पहिलो दिन जुम्लाको गोठीज्युलाको बास भयो हाम्रो। नवदुर्गा होटलमा बास बसेका मसहित १४ जनाको टोलीलाई मार्सी चामलको भात तयार गरिएको रहेछ। हामीभन्दा एक पाइलोअघि नै आइपुगेर खाना खाइसकेका एक स्वास्थ्यकर्मीले ‘आज पहिलोपटक मार्सी चामलको भात खाइयो’ भनेपछि मैले झट्ट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्झिएँ। र, केही समयअघि भाइरल भएको उनीहरुको तस्बिर पनि। जसमा उनीहरु प्रसन्न मुद्रामा मार्सी चामलको भात खाइरहेका छन्।

_x000D_ _x000D_

सोपश्चात् उनीहरुले उक्त प्रसंगका बारेमा पटकपटक आफ्ना कुरा राखे। बजारमा मार्सी चामलको बिक्रीसमेत बढ्यो। तर, पछिल्लो समय नेपालको राजनीतिमा आशा गरिएका दुवै नेताजस्तै म भने मार्सी चामलको भातबाट सन्तुष्ट हुन सकिन। कारण थियो यसको छोक्राइलो स्वाद (सायद मैले आफूलाई सुखी सम्झेको थिएँ) र करिब १५ घन्टाको यात्राका क्रममा दैलेख, कालिकोट र जुम्लाका सडक किनारमा देखिएको धान थन्क्याउने असजिलो पद्धति। जहाँ आँगनको अभावमा घरका छतमा गोरुले दाइँ लगाइँदै थियो भने कतिपय स्थानमा बांगो लौरोले धान ठटाइँदै।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सम्झिएँ, सायद देशका प्रधानमन्त्री हाँसेपछि जनता पनि हाँस्नुपर्छ भन्ने मानसिकता कर्णालीवासीले बिर्सिएका छैनन्। र त कर्णाली हाँस्दो छ।

_x000D_ _x000D_

रारा पुगेर फर्किने क्रममा पनि सोही स्थानमा बस्ने प्रबन्ध मिलाइएको थियो। खानामा यसपटक भने मार्सी चामलको भात थिएन। भातका सिता सेतै थिए, तर धानको प्रजाति के थियो सोध्ने होस भएनछ। ‘खाना मिठो लाग्दो छ। थोरै थोरै थप्दा हुम्’, उनीहरुले बोलेकै शैलीमा भन्ने प्रयास गरेँ। सुन्नेबित्तिकै खाना थपिरहेका होटल साहुजीका दुई छोरी हुनुपर्छ, हाँस्न थाले। (खाना खाइरहेको बेला भएर दुई दिदीबहिनीको हाँसो भने क्यामेरामा कैद गर्न पाइनँ।) मैले बोलेको खस भाषा नमिलेकोले उनीहरु हाँसेका हुन् भन्ने पत्तो पाउन मलाई बेर लागेन। 

_x000D_ _x000D_

लगत्तै सोधिहालेँ, 'तपाईंहरुको भाषामा के भन्नुपर्छ?'

_x000D_ _x000D_

जवाफ आयो, 'मकन खाना मिठो लाग्यो, नापो थप्तो छु।'

Xtrem

Xtrem
_x000D_ _x000D_

मार्सी चामल र सेतो चामलको भातको स्वादमा पाएको अन्तर, दुवै नेताको प्रसन्नता र साहुजीका दुवै छोरीको हाँसो एकैपटक मानसपटलमा रिंग्न थाले। तत्कालै दिमाग ३ सय ६० डिग्रीमा एक चक्कर लगायो र थन्कियो। तर निष्कर्ष कताकता अमिल्दो लाग्यो, जसरी मैले बोलेको खस भाषा सुनेर होटलका दिदीबहिनी हाँसेका थिए, लाग्यो प्रधानमन्त्री पनि कर्णालीलाई उपहास गरिरहेछन्। (यो मेरो आवेगको निर्णय पनि हुन सक्छ।)

_x000D_ _x000D_

फेरि सोचेँ, कठिन तवरबाट आधा वर्षभन्दा बढी समय लगाएर तयार पारिएको कर्णालीको मार्सी चामलको भात खाँदा प्रसन्न आफ्ना प्रधानमन्त्री देख्दा जसरी कर्णाली हाँस्दो छ, कर्णालीको त्यही हँसाइमा हाम्रा प्रधानमन्त्रीले कहिले सँगै हाँसो मिसाउलान्। कहिले कर्णालीमै पुगेर अप्ठेरा देउरालीहरुमा साउती मार्लान्। अनि कहिले कर्णालीसँगै बसेर दुःख साट्लान्, आँसु झार्लान्? र, लेख्न पाइएला प्रधानमन्त्रीसँगै कर्णाली हाँस्दो छ, रुँदो छ।

_x000D_ _x000D_

OOO

_x000D_ _x000D_

रारा पुगेको दोस्रो दिन।

_x000D_ _x000D_

सूर्यलाई स्वागत जो गर्नु थियो। कवि, लेखक मीनराज बसन्तसँगै टेन्टबाट उठेँ र बाटो लागेँ राराको फराकिलो किनार खोज्दै। केहीबेरमा सूर्यले आङ ताने, रारा फिस्स हाँसे जस्तो लाग्यो। लगातार केही फोटो र भिडियो लिएपश्चात् राम्रो/नराम्रो कस्तो आयो रुजु गर्न थालेँ। किनारमा दौडिरहेका केही बालक आडैमा आएर र मसँगै फोटो हेर्न थाले। पछाडि फर्किएँ, उनीहरु फिस्स हाँसे।

_x000D_ _x000D_

रारा हाँस्नु, अनि राराको किनारमा ती बालकहरु हाँस्नु, लाग्यो सायद यो मिलन सदैव आउँदैन। त्यही मिलनको प्रमाण हो यो फोटो।

_x000D_ _x000D_

_x000D_ _x000D_

OOO

_x000D_ _x000D_

महोत्सव अन्तर्गत पहिलो दिनको सांस्कृतिक कार्यक्रम उत्तरार्द्धतिर थियो। जसरी रारा वेगसँगै बहिरहेको हावासँगै उर्लिएको थियो, मुगालीमा लोकदोहोरी र देउडा गीतको रङ त्योभन्दा बढी चढेको अनुभूत हुन्थ्यो। कोही रुखमा चढेरै हेरिरहेका थिए त कोही आफ्नो जमात बनाएर नाचिरहेका। कतिपय आफ्ना साना नानीबाबुलाई काँधमै नचाइरहेका थिए।

_x000D_ _x000D_

अन्तिम कलाकारको रुपमा जब कृष्ण रेउले मन्चमा उक्लिए, बिना कुनै सम्बोधन उनी आवाजमा मिसिए–

_x000D_ _x000D_

सांसदज्यू नि आउनु भाछ खुसी भाछ मन
_x000D_ रारा तालको विकासमा केके गर्छौ भन?
_x000D_ कुर्सीकै खेल भइरहन्छ जहिले
_x000D_ मुगालीलाई हसाउनी हौ कहिले?

_x000D_ _x000D_

गायक रेउलेले कार्यक्रमका प्रमुख अतिथि बनेर बसेका मुगु क्षेत्र नम्बर १ ‘क’ का प्रदेश सांसद दानसिंह परियारलाई प्रश्न सोधेका थिए। तर यी मुगाली आमाहरुले यसरी तत्कालै जवाफ दिए। 

_x000D_ _x000D_

_x000D_ _x000D_

केहीबेर अघिमात्रै आफ्नो भाषणका क्रममा रारा पुग्ने बाटो कालोपत्रे गर्छु भनेर प्रतिबद्धता जनाएका परियारको अनुहार भने फुंग उडेको जस्तो देखिन्थ्यो। गम्भीर मुद्रामा देखिएका परियारले गायक रेउलेले सोधेको प्रश्नको जवाफ कहिले देलान् थाहा छैन। तर, मुगालीले आफ्ना सांसदलाई अप्ठेरो पार्न चाहेनन्। दुःख र अप्ठेरोका भुक्तभोगी भइसकेका मुगालीहरु हासिँइरहे। 

_x000D_ _x000D_

निष्कर्ष अहिले पनि उस्तै निस्कियो– सांसद आफू मात्रै हाँस्लान् या हसाउँलान्, त्यसको कुनै पत्तो छैन। तर, कर्णाली हाँस्दो छ।

_x000D_ _x000D_

OOO

_x000D_ _x000D_

सुर्खेत–रारा चल्ने बसको क्याबिनमा बसेका हामी ९ जना भ्रमण अवधिभर एक परिवार भएका थियौं। मैले आमादेखि बहिनीसम्म काकादेखि भाइसम्म एकै स्थानमा रहेको अनुभूत गरिरहेको थिएँ। यो कुरा दाइ/साथी महेन्द्र चन्द महासागरलाई पनि एकपटक साटेको सम्झना छ। सायद यसरी लामो यात्रामा परिवारको आफ्नोपन मेटिएको मेरा लागि यो पहिलो अवसर थियो। यही अवसरमा दसौं सदस्यका रुपमा मिसिएका थिए चालक हेमन्त सुनार।

_x000D_ _x000D_

उमेर : २९ वर्ष
_x000D_ घर : सुर्खेत
_x000D_ कार्यअनुभव : ५ वर्ष

_x000D_ _x000D_

रारा जाँदा र फर्किंदा भएका हरेक कुराकानी र प्रसंगका साक्षी तथा कर्ता थिए सुनार। फर्किने क्रममा जब बस कालिकोटबाट दैलेखतर्फ हानियो, डाब पुग्दा सुनारले बस रोके। अगाडि प्रहरीको चेकपोस्ट रहेछ। बेलुकाको ९ बजिसकेको थियो। शान्त सुनारले मुख फोरे– उ: छाउपडी हेर्नुस्। व्याकरणका हिसाबले सुन्दा त्यति तुकबन्दी लागेन उनको यो बोली। तर, जब उनले औंला देखाएतिर नजर गयो, तुकबन्दी उनको भाषामा होइन ती दुई किशोरीको जिन्दगीमा मिलेको थिएन।

_x000D_ _x000D_

दृश्य यस्तो थियो– सडकको किनारमा नाली, आडैमा फुकिएको झिँझा दाउराको आगो, लस्करै घोप्ट्याइएका २ थान थाल र केही भाडाँकुँडा, नालीको पल्लोपट्टि पाखातिर सलले मुख ढाकेर सुतिरहेकी किशोरी। जसको आधाउधी शरीर नालीमा थियो। अर्की किशोरी नालीसँगै जोडिएको सडकमा शरीरलाई बसाएर खुट्टा नालीमै झारिरहेकी थिइन्। हामी सवार बस आफू नजिकै आएको चाल पाएपछि उनी उभिइन् र नाली पारिपट्टि पाखामै गएर बसिन्। हेर्दा मैला देखिने कुर्तासलवार लगाएका दुवैको अनुहार देख्न त पाइनँ तर उनीहरुको ढाकिएको पछ्यौराभित्र समग्र कर्णाली लुकिबसेको तत्वबोध भने भइरह्यो।

_x000D_ _x000D_

हामी सबैले त्यो दृश्य हेर्यौं। हाँस्दै चालक सुनार संवादमा जोडिए, ‘यो दृश्य त यहाँका लागि मामुली हो।’

_x000D_ _x000D_

त्यतिबेलै मैले आफ्ना दुई दिदी सम्झिएँ। जो बरोबर यात्राका क्रममा मलाई सम्झिएरहेका थिए। तर, मैले उनीहरुलाई सम्झिन ती दुई किशोरीहरु रजस्वला भई सडक किनारमा सुतिरहेको दृश्यसम्म पुग्नुपर्यो। आत्मग्लानि भयो। दिमाग रिंग्न थाल्यो। दिदीहरु पहिलोपटक रजस्वला हुँदा छोरा मान्छेलाई देख्न हुँदैन भन्दै गोठको आँटीमा राखिएको सम्झिएँ। ती ७ दिन मैले दिदीहरुलाई नदेखेको क्षण सम्झिन खोजेँ। धमिलो मात्रै सम्झना भयो। त्यति नै बेला चालक सुनार हाँसेको सम्झिएँ।

_x000D_ _x000D_

_x000D_ _x000D_

अनि टक्क अडिएँ, लाग्यो यतिबेला मैले यो समाज र सरकारलाई सम्झिनु हुँदैन। जो यस्तै किशोरीहरुको रजपीडालाई छाउपडी गोठको झ्यालबाट नियाल्दै अनवरत हाँस्दो छ। जानेर/नजानेर सरकारसँगै कर्णाली पनि हाँस्दो छ।

_x000D_ _x000D_

किनकिन लाग्यो, यसपटक छाउपडी गोठ, कर्णाली र देश त सडक किनारमा आइसकेछन्। अनि अाणाैदाे‌ बसिकन हामीपन हाँस्दा छाैं।

_x000D_ _x000D_

_x000D_ _x000D_

_x000D_ _x000D_

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०७५  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल
सम्बन्धित सामग्री
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो वर्षासँगै आएको बाढी र पहिरोले सीमा जोड्ने सडकका विभिन्न ठाउँमा क्षति पुर्‍याएपछि सिमकोटदेखि हिल्सा नाकासम्मको यातायात ठप्प भएको हो। मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मन्त्रालयले जारी गरेको निर्णय अनुसार देशभरका विभिन्न निकायमा कार्यरत १०० जना कर्मचारीहरूलाई नयाँ जिम्मेवारी दिँदै काज सरुवा गरिएको ह... मंगलबार, असोज १३, २०८३
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे जानकारी लिन आयोगले सोमबार पत्राचार गर्दै एसएसपी खड्क... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल मंगलबार, असोज १३, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी मंगलबार, असोज १३, २०८३
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्