काठमाडौं- नेपाली कांगेसकाे केन्द्रीय समितिको बैठकले तत्कालीन फोरम लोकतान्त्रिकसँगको एकताका बेला भएकाे सहमतिअनुरुप विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनयन गर्ने निर्णय गरेको छ। राजनीतिक आवश्यकताका आधारमा उनलाई मनोनित गर्ने निर्णय गरिएको रमेश लेखकले बताएका छन्।
_x000D_
_x000D_
गच्छदारसँगै आएका अन्य नेता तथा कार्यकर्ताको समायोजनको लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन समेत गरिएको नेता लेखकले जानकारी दिएका छन्।
_x000D_
_x000D_
बैठकले महासमिति बैठकको मिति सारेको छ। महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने भएको छ। यसअघि महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो।
_x000D_
_x000D_
बैठकले नेपाल विद्यार्थी संघको विवादका विषयमा भने कुनै निर्णय गरेकाे छैन।
_x000D_
_x000D_
गच्छदारलाई उपसभापति बनाउनुपर्नेमा सबै नेताहरु समहत भएपनि प्रक्रिया सम्मत नभएको भन्दै संस्थापन इतर पक्षले भने आपत्ति जनाएकाे छ। नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीले अापत्ति जनाएका थिए। उहाँहरुले उठाएको विषय ठीक भएपनि गच्छदारलाई उपसभापति बनाउने निर्णय अपवादका रूपमा बुझीदिन संस्थापन समूहका नेताले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।