काठमाडौं- सन् २०२० का लागि खुलाइएको अमेरिकन डाइभर्सिटी भिसा (डिभी) को म्याद आज राति १२ बजेपछि सकिँदै छ। गत अक्टोबर ३ बाट सुरु भएको डिभी भर्ने म्याद आज सकिन लागेको हो।
_x000D_
_x000D_
प्रत्येक वर्षको अक्टोबर ३ बाट अमेरिकी सरकारले अमेरिका जान इच्छुकहरुका लागि डिभी चिठ्ठा खुलाउँदै आएको छ। यसलाई अमेरिकी ग्रिनकार्ड लट्री पनि भनिन्छ। यो चिठ्ठा पर्ने मानिसले संयुक्त राज्य अमेरिकामा स्थायी बसोबास गर्ने सुविधा प्राप्त गर्छ। अमेरिकी डिभी चिठ्ठा कार्यक्रम अमेरिकी आप्रावसी सम्बन्धी १९९० को ऐन अन्तर्गत आएको हो।
_x000D_
_x000D_
प्रत्येक वर्ष ५० हजार विदेशी नागरिकले अमेरिकामा स्थायी बसोबास गर्ने अनुमति सहितको डिभी चिठ्ठा प्राप्त गर्छन्। पछिल्लो पाँच वर्षको आँकडामा कम मात्रामा अमेरिका प्रवेश गर्ने विदेशी नागरिकलाई अमेरिका प्रवेश गराउन डिभी चिठ्ठा सुरु गरिएको थियो। तर, पछिल्लो समय अविकसित र अल्पविकसित देशका नागरिकलाई अमेरिका लैजान चिठ्ठा भर्न दिइएको छ। २०१७ को तथ्यांक अनुसार विभिन्न देशबाट वार्षिक २० मिलियन मानिसले डिभी चिठ्ठा भर्छन्।
_x000D_
_x000D_
अमेरिकी सरकारले २००५ बाट डिभी चिठ्ठा नखुलाउने बताए पनि हालसम्म त्यसो हुन सकेको छैन। २०१६ मा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले डिभी चिठ्ठा नखुलाउने बताएका थिए। २०१७ मा डिभीमार्फत अमेरिका प्रवेश गरेका मानिसले ८ जनाको आतंककारी हमाल गरी हत्या गरेपछि चिठ्ठा रोक्ने विषयमा अमेरिकामा थप चर्चा हुन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।