ठिनी(मुस्ताङ)- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पुर्याउने गतिविधि सह्य नहुने बताएका छन्। सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमानदारिताका साथ कार्यसम्पादन गर्न निर्देशन दिए।
_x000D_
_x000D_
‘इमानदार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनताको मन जितेर समुदायसँग सहकार्य गरेर काम गनुपर्छ।,’ उनले भने।
_x000D_
_x000D_
जिल्ला समन्वय समितिका संयोजक छिरिङ ल्यामो गुरुङले जिल्लामा ट्राफिक प्रहरीको छुट्टै कार्यालय स्थापनाको माग गरे। प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले पाँच दशकपछि नयाँ पक्की भवन निर्माण भएकामा खुसी व्यक्त गरेका थिए।
_x000D_
_x000D_
प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काका अनुसार २ करोड ५४ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त भवनमा २२ कोठा छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।