काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच आज भेटवार्ता भएको छ। भेटमा शैक्षिक सहकार्यका विषयमा छलफल भएको छ।
_x000D_
_x000D_
बेलायतले नेपालमा छात्रा शिक्षा, विपन्न र लक्षित वर्गलाई शैक्षिक सहयोग गर्ने विश्वास व्यक्त गरेको छ भने नेपालले प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गर्न र प्रविधिका क्षेत्रमा साझेदारी गर्न नेपाल इच्छुक रहेको जनाएको छ।
_x000D_
_x000D_
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत मोरिसले बेलायत सरकार नेपालको शिक्षाको विकासका लागि साझेदारी गर्न तयार रहेको बताए। राजदूत मोरिसले ‘ए लेभल’को समकक्षता सम्बन्धनका विषयमा चासो व्यक्त गर्दै आवश्यक सहजीकरणका लागि आग्रह पनि गरेका थिए।
_x000D_
_x000D_
भेटमा मन्त्री पोखरेलले साझेदारीमार्फत शिक्षा क्षेत्रको थप विकास गर्न सदैव तयार रहेको बताएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।