विराटनगर– स्वास्थ्य उपचारका लागि थाइल्यान्डको राजधानी बैंककमा रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
_x000D_
_x000D_
बैंककस्थित बुम्रुनग्राड इन्टरनेसनल हस्पिटलमा भएको चेकजाँचमा राईको स्वास्थ्य अवस्था सामान्य देखिएको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।
_x000D_
_x000D_
तीन सदस्यीय चिकित्सकहरुको टोलीले गरेको चेकजाँचको अन्तिम रिपोर्ट कात्तिक २६ गते आउने उनले बताए।
_x000D_
_x000D_
घाँटीको समस्या पत्ता नलागेपछि गत शुक्रबार राई उपचारका लागि बैंकक गएका थिए। उनको उपचार निजी खर्चमा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।