विराटनगर– मोरङको विराटनगर महानगरपालिका–३ स्थित मुनाल पथमा सोमबार बसको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ।
_x000D_
_x000D_
ना५ख ४५१३ नम्बरको बसले को१०प ६२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार विराटनगर–५ का ३८ वर्षीय मनोज कुमार मोदीको मृत्यु भएको हो। बसको ठक्करवाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो।
_x000D_
_x000D_
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।