विराटनगर– सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिकामा बाँदर धपाउने क्रममा भिरबाट लडेर सोमबार एक वृद्धको मृत्यु भएको छ।
_x000D_
_x000D_
खुम्बु–पासाङल्हामु गाउँपालिका–२ का ७० वर्षीय निमा थुन्डु शेर्पाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
_x000D_
_x000D_
बाँदरले बारीमा लगाएको बाली नष्ट गर्न थालेपछि धपाउने क्रममा उनी वाङ्दु भिरबाट लडेर करिब ६ सय मिटर तल पुगेका थिए।
_x000D_
_x000D_
शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय लुक्लाबाट प्रहरी टोली खटिएर कानुनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सोलुखुम्बु पठाइएको प्रहरी कार्यालयले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।