विराटनगर– मोरङको लेटाङ नगरपालिका–४ स्थित गंगे चोकबाट प्रहरीले सोमबार ५ सय ५० लिटर घरेलु मदिरा बरामद गरेको छ।
_x000D_
_x000D_
लेटाङबाट कानेपोखरी जाँदै गरको को१ख २७९४ नम्बरको बस चेकजाँचका क्रममा मदिरा बरामद भएको हो।
_x000D_
_x000D_
बसमा फेला परेको मदिराको बारेमा कसैले दाबी नगरेपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।