काठमाडौं– नेपाली कांग्रेस पार्टीको विधान संशोधन मस्यौदा समितिमा विवाद सुरु भएको छ।
_x000D_
_x000D_
मंगलबारका लागि बोलाइएको केन्द्रीय कार्य समितिको बैठकमा पेस गर्ने भनिएको विधान संशोधन मस्यौदा प्रतिवेदनको अन्तिम तयारीका लागि सोमबार बसेको विधान मस्यौदा समितिको बैठकमा विधानको प्रस्तावनाकै विषयमा नेताहरुबीच विवाद देखिएको हो।
_x000D_
_x000D_
विधान मस्यौदाको प्रस्तावना, संगठन संरचनालगायतका विषयहरुमा विवाद देखिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले स्विकार गरे। उनले उपसमितिले तयार पारेको मस्यौदामा समितिका सदस्यहरुबीच विवाद देखिएकाले भोलि बस्ने केन्द्रीय कार्य समिति बैठकमा पेस हुने÷नहुने टुंगो नभएको पनि जानकारी दिए।
_x000D_
_x000D_
महासमिति बैठकको तयारीका विषयमा छलफल गर्ने मूल एजेन्डासहित कांग्रेस केन्द्रिय कार्य समितिको बैठक मंगलबार अपरान्ह १ बजेका लागि बोलाइएको छ। तर, बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन भने पेस हुन सम्भावना टरेर गएको छ।
_x000D_
_x000D_
नेपाली कांग्रेसले आगामी मंसीर ५ देखि ९ गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने तयारी गरेको थियो। तर, महासमिति बैठकमा प्रस्तुत हुने विधान मस्यौदाको काम समेत सम्पन्न हुन नसकेपछि त्यसलाई केही दिनपछि सार्ने गरी केन्द्रीय कार्य समिति बैठक बोलाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।