काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार दसैं, तिहार, छठ पर्वको अवसर पारेर चियापान कार्यक्रम आयोजना गरेका छन्।
_x000D_
_x000D_
उपराष्ट्रपति पुनले सोमबार अपरान्ह विभिन्न चाडपर्वको अवसर पारेर शुभकामना आदानप्रदान गर्न चियापान कार्यक्रम आयोजना गरेका हुन्।
_x000D_
_x000D_
चियापान कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी पनि सहभागी थिइन्। त्यसैगरी कार्यक्रममा प्रमुख प्रतिपक्ष दलका नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखलगायतको सहभागिता रहेको थियो।
_x000D_
_x000D_
चियापान कार्यक्रमका कलाकार, पत्रकार, बुद्धिजीविलगायतको पनि उल्लेख्य मात्रामा सहभागिता थियो।
_x000D_
_x000D_
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको चियापान कार्यक्रमसँग मिति जुधेपछि गत शुक्रबारकै लागि तय भएको चियापान आजका लागि सारिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।