काठमाडौ– पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको संसदीय उपसमिति दोस्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको दुई घन्टासम्म हेलिकोप्टरबाटै अवलोकन गरेर फर्किएको छ।
_x000D_
_x000D_
सोमबार दिउँसो नेपाली सेनाको हेलिकोप्टर लिएर उपसमिति सदस्य निजगढ उडेका थिए। उनीहरू उडेको हेलिकोप्टर निजगढमा अवतरण नभएपछि आकासमा चक्कर लगाएर फर्किएको हो।
_x000D_
_x000D_
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रूख काट्ने विषयमा विवाद भएपछि अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको उप समिति स्थलगत अध्ययनका लागि गएको हो।
_x000D_
_x000D_
वन मन्त्रालयले विमानस्थल निर्माणका लागि आवश्यक स्थानमा रहेका रुख काट्न दिएको छैन। आवश्यकताभन्दा धेरै रूख कटानका लागि अनुमति मागिएको भन्दै वन मन्त्रालयले हालसम्म पर्यटन मन्त्रालयलाई रूख काट्न अनुमति दिएको छैन।
_x000D_
_x000D_
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले निजगढ विमानस्थल निर्माण क्षेत्रमा रूख कटानबारे पर्यटन मन्त्री रवीन्द्र अधिकारीसँगको छलफलपछि स्थलगत अध्ययन गर्ने निर्णय दसैं अघिनै गरेको थियो। समितिले थप अध्ययनका लागि पूर्वप्रधानमन्त्री नेपालको नेतृत्वमा उपसमितिसमेत गठन गरेको थियो।
_x000D_
_x000D_
निरीक्षणमा गएका उपसमितिका सांसद दिव्यमणि राजभण्डारीले अवलोकनका लागि गएकाले माथिबाटै हेरेको बताए। ‘निजगढमा घना जंगल देखियो। कतै फडानी गरेको पनि देखियो। टाँगिया बस्ती हेरियो’, उनले भने, ‘राम्रो गाइड पनि भएन, एरियल भ्यू हेरियो अनि फर्कियौं।’
_x000D_
_x000D_
उनले निजगढको वन क्षेत्र फन्को मारे पनि निर्माण क्षेत्र यकिन गर्न नसकिएको नेपाल लाइभसँग बताए। ‘हेर्न त हेरियो तर कहाँनेर हो भन्ने नै भेउ पाउन कठिन भयो,’ उनले भने, ‘हवाई निरीक्षण भयो भनौं न।’
_x000D_
_x000D_
संसदीय उपसमितिका सदस्यसँगै वन मन्त्री शक्ति बस्नेत र पर्यटन मन्त्री रवीन्द्र अधिकारी पनि हेलिकप्टरमा सवार थिए।
_x000D_
_x000D_
मन्त्रीहरुले स्थलगत क्षेत्र देखाउनु भएन त? भन्ने प्रश्नमा उनले भने, ‘पर्यटनमन्त्रीले यहीं भित्र हो भने। हामीले माथिबाट हेर्यौं मात्र, फेरि स्थलगत जानुपर्ने देखिन्छ।’
_x000D_
_x000D_
८ लाख खर्चको नतिजा- निरीक्षणका लागि पुनः गाडीमा जानुपर्ने
_x000D_
_x000D_
यसरी दुई मन्त्री र उपसमितिका सदस्यहरुको भ्रमणबाट बिना कुनै उपलब्धी राज्यकोषबाट ८ लाख रुपैयाँ खर्च भएको छ।
_x000D_
_x000D_
सेनाले उक्त हेलिकोप्टर उडाउन प्रतिघन्टा ४ लाख ६५ हजार लिने गरेको छ। सरकारी निकायको हकमा १२ प्रतिशत छुट दिने गरेको छ। अर्थात् उपसमिति र मन्त्रीहरुले दुई घन्टा हेलिकोप्टरबाट निरीक्षण गर्दा प्रति घन्टा ४ लाख ९ हजार २ सय रुपैयाँ खर्च भएको छ। अनुगमनका लागि नेपाली सेनाको ‘एमआई–१७’ हेलिकोप्टर प्रयोग गरिएको थियो।
_x000D_
_x000D_
गत असोज १२ गतेको समिति बैठकमा नेता नेपालले पर्यटन मन्त्री अधिकारीलाई रूख काटेर निजगढमा सहर नबनाउन सुझाव दिएका थिए। उनले नेपालमा अध्ययन कम, हतारमा काम गर्ने अनि फुर्सदमा पछुताउने र भविष्यका बारे नसोच्ने प्रवृत्ति रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।