काठमाडौं– माघ २५ गतेका लागि प्रदर्शन मिति तय गरेको फिल्म 'प्रेमलीला'ले प्रचारको नयाँ शैली अपनाएको छ। जनक पाण्डेको निर्देशनमा तयार फिल्ममले ८५ हजार नगद पुरस्कार राशी सहितको ‘तक्लु ब्युटी कन्टेस्ट’ आयोजना गर्ने भएको छ।
_x000D_
_x000D_
फिल्ममा अभिनेत्री दीपशिखा खड्काको मुख्य अभिनय रहेको छ। अभिनेत्री खड्का एक तक्लु नारीको रुपमा देखिँदैछन्। यहीँ कारण फिल्मको प्रचारका लागि यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको हो। उनले कार्यक्रमको आयोजनाका सन्दर्भमा भनेकी छन्, ‘सुन्दरता आँखाको भ्रम हो। मानिसलाई उसको बाहिरी रुप हेरेर होइन मन हेरेर सुन्दर या कुरूप छुट्याउन सकिन्छ।
_x000D_
_x000D_
'कपाल हुँदा र नहुँदा उसको बाहिरी सुन्दरतामा कति धेरै असर पर्छ तर हामीले महिलाहरुको भित्री सुन्दरताभन्दा बाहिरी सुन्दरतालाई महत्व दिएका छौँ। मैले पनि आफू तक्लु बन्दा र नबन्दाको फरकपन र मानिसको हेर्ने नजरको भिन्नता महसुस गरेकी छु,' उनले भनिन्, 'यही अनुभव सबैसँग साट्न तक्लु ब्युटी कन्टेस्ट आयोजना गर्न लागेको हौं।’
_x000D_
_x000D_
आयोजक फिल्म युनिटका अनुसार प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन पाउनेछन्। जसमा सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेज 'प्रेम लीला' लाइक गरी आफ्नो सम्पर्क ठेगाना सहितको तक्लु मेकअप फोटो पठाउनु पर्नेछ। प्राप्त फोटोहरुलाई संकलन गरेर उत्कृष्ट १० फोटोलाई अन्तिम प्रतिस्पर्धाका लागि छनौट गरिनेछ। अन्तिम १० लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई रु ५० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।