काठमाडौं- डोल्पाको दुनैबाट सुनपानी जाँदै गरेको जिप ठूलो भेरीमा खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ। भे १ च १६ ५५ नम्बरको जिप ठूलो भेरीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका डिएसपी अवदेश विष्टले जानकारी दिए।
_x000D_
_x000D_
मृत्यु हुनेमा पुरुष ६ जना, २ महिला र बालबालिका २ जना रहेको प्रहरीले जनाएको छ। २ जना गम्भीर घाइते छन्। डाक्टरको टोली नै घटनास्थलमा लगेर उपचार गराइरहेको प्रहरीले जनाएको छ। जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन। मृतक र घाइतेहरुको सनाखत हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।