काठमाडौं– तिहारको पूर्वसन्ध्यामा गायक साहिल खड्काको नयाँ गीत सार्वजनिक भएको छ। खड्काकै शब्द/संगीतमा तयार ‘रक्सीको तालैमा’ बोलको गीत सार्वजनिक भएको हो।
_x000D_
_x000D_
उदयराज पौडेलको एरेन्ज रहेको गीतको भिडियोमा 'स्ट्रकपप डान्स क्रु'को नृत्य देख्न सकिन्छ। भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन तथा लिन लम्सालको सम्पादन रहेको छ।
_x000D_
_x000D_
‘प्रियसी’ एल्बमबाट आफ्नो औपचारिक संगीत यात्रा थालेका साहिलको ‘त्यो मनमा’, ‘के यो माया हो’ लगायत गीत चर्चित छन्। पप गायनमा रुची राख्ने साहिल हालै सार्वजनिक गीतबाट निकै आशावादी रहेको बताउछन्। ‘तिहारमा नाच्न र झुम्न मिल्ने गीत ल्याएको छु, आशा छ दर्शकले मन पराउनुहुनेछ,’ उनले भने।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।