काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सरकार पूर्वाधार विकासमा केन्द्रित भएको बताएका छन्। तिहार तथा छठ पर्वका अवसरमा शुभकामना कार्यक्रमका लागि विराटनगरमा आयोजित एक कार्यक्रममा प्रचण्डले खाल्डाहरु पुर्ने काम छिट्टै सकिने बताए। 'रणनीतिक काम गरे, तत्काल गर्नुपर्ने काम छुट्ने र तत्काल गर्नुपर्ने काम गरे रणनीतिक काम छुट्छ,' उनले भने।
_x000D_
_x000D_
‘सरकारको गति बढ्दैछ। काठमाडौंका खाल्डा पुर्ने बित्तिकै सरकारको जयजयकार हुन्छ,’ उनले भने ‘खाल्डो पुरेपछि कांग्रेसले के भन्ने रहेछ, हेरौला,’ उनले थपे। अागामी वर्षदेखि वृद्धभत्ता बढाउने प्रतिवद्धता समेत उनले जनाएका थिए।
_x000D_
_x000D_
महासचिव विष्णु पौडेल र आफूबीच निकटता बढेको बताउँदै उनले भने, 'दुई नेताबीच भाषा मिलेको छ। महासचिव र म हलगोरु जस्तै हुन-हुन थालेका छौं।’
_x000D_
_x000D_
आन्दोलनका उपलब्धीहरु कर्मचारीका कारणले गुम्ने खतरा रहेको समेत उनले उल्लेख गरे। ‘प्रदेशमा कर्मचारी जान मान्दैनन्। केन्द्रमा बस्न खोज्छन्। कर्मचारीतन्त्रले परिर्वतन बुझ्न पर्नेछ। कर्मचारीलाई सिकाउन जरुरी छ,’ उनले भने।
_x000D_
_x000D_
शान्ति प्रक्रिया पश्चात् दुई पार्टी एकीकरण अनेक प्रसंग समेत कोट्याएका प्रचण्डले भने, ‘चुनावमा कति परिणाम आउने माओवादीलाई पूर्व आँकलन थिएन। ५०/५० प्रतिशत गरी एकता गरौं भनेको माधवजीले मान्नु भएन।’
_x000D_
_x000D_
२०६४ को निर्वाचनको स्मरण गर्दै उनले भने, ‘निर्वाचनमा नसोचेको भोट आयो। त्यसपछि माओवादीले पचाउन सकेन। पचाउने क्षमता वृद्धि भएन।’ पराजित भएपछि तत्कालीन एमालेका नेताहरु रोएको प्रसंग सुनाउँदै भने ‘एमालेका नेताहरु कुन होटेलमा कहाँ गएर रोए, मलाई थाहा छ।’
_x000D_
_x000D_
तत्कालीन माओवादीका नेताहरु किरण, वाबुराम र विप्लवसमेत सहभागी केन्द्रीय समितिले एमालेसँग पार्टी एकीकरण गर्ने विषय एकमतले पारित गरेको दाबी गरे। उनले भने ‘मदन भण्डारीको स्मृति दिवसमा पार्टी एकीकरण गरौं भन्ने म नै हुँ।’
_x000D_
_x000D_
समाजवादको लागि रसियाली र चिनियाँ मोडेल नेपाली सन्दर्भमा लागू नहुने बताए। कतिपयले आफूलाई अस्थिर नेता भन्ने गरेको भन्दै त्यसको प्रतिवाद गरे। उनले भने ‘कतिबेला कँहा हान्छ पनि भन्छन्। म त्यस्तो होइन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।