काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अन्य नगरपालिकाको क्षेत्रमा भएको कामलाई लिएर पनि आफूलाई गाली गर्ने गरिएको दुखेसो पोखेका छन्।
_x000D_
_x000D_
काठमाडौं सडक विस्तारका कारणले काठमाडौं महानगर धुलोमय भएको शाक्यले बताए। 'अहिले सबैलाई थाहै छ, जोरपाटीमा फोहोर भयो भने पनि काठमाडौंको मेयरलाई गाली गर्छन्', राजधानीमा अाज भएकाे एक अन्तर्क्रिया कार्यक्रममा शाक्यले भने, 'थानकोटतिर धुलो उड्यो भने पनि काठमाडौंको मेयरलाई गाली गर्छन्। जबकि, जोरपाटी गोकर्णेश्वर नगरपालिकामा पर्छ। थानकोट चन्द्रागिरि नगरपालिकामा पर्छ। सीतापाइलामा हिलो भयो भने काठमाडौंको मेयरलाई गाली गर्छन्। जबकि, त्यो नागर्जुन नगरपालिकामा पर्छ।'
_x000D_
_x000D_
आफू निर्वाचित भएको १८ महिना पुग्नै लाग्दा धेरै काम गरिसकेको उनले दाबी गरे। उनले निर्वाचन हुने बेलाको वस्तुस्थिति र अहिलेको वस्तुस्थितिमा तुलना गरिनुपर्ने उनकाे तर्क गरे।
_x000D_
_x000D_
'कल्पनाको भन्दा पनि यथार्थ धरातलमा उभिएर समीक्षा गर्नुपर्छ। मलाई लाग्छ हामीले धेरै काम गरिसकेका छौं। हाम्रो जिम्मेवारीमा रहेका धेरै सडक पुनर्निर्माण गरिसकेका छौं। यो आर्थिक वर्षलाई हामीले पूर्वाधार वर्ष घोषणा गरेका छौं। त्यसअन्तर्गत महानगरपालिकाको जिम्मामा रहेका सहायक सडकहरुमा धेरै काम गरिसकेका छौं। अब थोरै कामहरु बाँकी छन्। त्यसका लागि मलाई ५ वर्ष लाग्दैन', उनले भने।
_x000D_
_x000D_
शाक्यले पूर्वाधार वर्ष अन्तर्गत ढल निर्माण र सम्पदा पूनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले अर्को वर्षायाममा हिलो नहुने अवस्था सिर्जना हुनेगरी आफूले व्यवस्थापन गरिसकेको जानकारी दिए।
_x000D_
_x000D_
शाक्यले प्रदेश सरकार र केन्द्रीय सरकारको काम पनि आफूले गरेको दाबी गरे। 'काठमाडौं महानगरपालिकाले आफ्नो मात्रै होइन, प्रदेश सरकार र केन्द्रीय सरकारको दायित्व पनि निर्वाह गरिरहेकाे छ', उनले थपे, 'अहिले सिसडोलमा काठमाडौं महानगरपालिकाको मात्रै होइन, काठमाडौं जिल्लाका १८ वटा नगरपालिकाको फोहोर जान्छ। काभ्रे, नुवाकोट र धादिङको फोहोर जान्छ। त्यो सबैको जिम्मेवारी काठमाडौं महानगरपालिकाको मेयरको हो र? तर पुरानो, राजधानी र साधनस्रोत सम्पन्न भएकाले हामीले काम गरिरहेका मात्र छौं।'
_x000D_
_x000D_
उनले आफूले व्यवस्थापन गर्न छाडिदिने हो भने सिंगो काठमाडौं उपत्यका दुर्गन्धित हुने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।