काठमाडौं– पर्सा प्रहरीले अवैध २ लाख ३० हजार भारुसहित एक जनालाई पक्राउ गरेको छ। भारु नोटहरु रक्सौल नाकाबाट नेपाल भित्र्याउँदै गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार बेलुका ५ बजे उक्त भारु रकमसहित वीरगञ्ज महानगरपालिका–८ का ४५ वर्षीय विजय साह कलवारलाई पक्राउ गरिएको हो।
_x000D_
_x000D_
भारतबाट नेपाल पैदल आउँदै गरेका उनलाई शंका लागेर चेक गर्ने क्रममा प्रहरीले उनको साथबाट भारु बरामद गरेको हो। कारबाहीका लागि उनलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।