मेलम्ची- सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गएराति १ बजे घरमा आगो लाग्दा एक जनाको ज्यान गएको छ।
_x000D_
_x000D_
जितबहादुर गोलेको घरमा आगो लाग्दा उनका १२ वर्षीय छोरा राजुको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले जानकारी दिए।
_x000D_
_x000D_
राति घरमा अरु कोही नभएको समयमा आगो लाग्दा छोराको मृत्यु भएको परिवारले जनाएको छ। घरमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन।
_x000D_
_x000D_
आगलागीबाट जितबहादुरको घर पूर्णरुपमा जलेको छ भने करिब रु दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीयको सहयोगमा राति नै आगो नियन्त्रणमा लिई अरु घर जल्नबाट जोगाइएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।