भैरहवा- नेपाल-भारतबीच हुने व्यापारलाई सहज बनाउन भन्दै मुख्य चार वटा नाकामा एकीकृत भन्सार चेकपोस्ट (आइसिपी) निर्माण गर्ने सम्झौता भए पनि रुपन्देहीको बेलहिया (भैरहवा) नाकामा आइसिपी निर्माण अलपत्र परेको छ।
_x000D_
_x000D_
करिब १४ वर्षअघि नेपाल-भारतबीच मुलुकको चार वटा नाका (भैरहवा, वीरगन्ज, नेपालगन्ज र विराटनगर) मा आइसिपी निर्माण गर्ने सम्झौता भएको थियो। जसमा दुवै देशतर्फ एकै किसिमको भौतिक संरचना निर्माण गर्ने उल्लेख भए पनि हालसम्म वीरगन्ज नाकाबाहेक अन्य नाकामा खासै प्रगति भएको छैन।
_x000D_
_x000D_
आइसिपी निर्माणका लागि भैरहवा भन्सार कार्यालयले २०६४ सालमै आवश्यक पर्ने ५२ बिघा जग्गा अधिग्रहण गरी आइसिपी निर्माण तयारी सुरु गरिसकेको छ। जग्गा अधिग्रहण गरे पनि भारतीय पक्षले निर्माणका लागि कुनै तयारी नथाल्दा ढिलाइ भएको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्रबन्धु अर्यालले जानकारी दिए। 'हाम्रोतर्फ करिब ४ वर्षअघि ५२ बिघा जग्गा अधिग्रहण गरिसकेका छौँ। थप जग्गा आवश्यक परे त्यो पनि उपलब्ध गराउन तयार छौँ,' उनले भने, 'भारतीय पक्षले आफ्नोतर्फ जग्गासमेत अधिग्रहण नगरेको हुँदा निर्माण कार्यमा ढिलाइ भएको हो। भारतलाई जग्गा उपलब्ध गराउन त्यो हामीसँग तयार छ।' नेपालतर्फ पनि भारतले संरचना तयार गर्ने सम्झौता भएकाले उसैका कारण विलम्ब भएको अर्याल बताउँछन्।
_x000D_
_x000D_
निर्माण कार्यको पहलबारे भन्सार विभागसँग समन्वय हुने गरेको छ। आइसिपीको अभावमा भन्सार कार्यालय हाताभित्र सामान जाँचपासमा निकै समस्या हुने छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
बेलहिया नाकाबाट दैनिक सयौं मालबाहक र अन्य सवारी भित्रिन्छन्। भन्सारमा प्रभावकारी पूर्वाधार नहुँदा काम गर्न लामो समय लागेपछि कतिपय व्यवसायी अहिले यो नाकाको विकल्पमा कृष्णनगर, सुठौली र महेशपुर नाका रोज्न थालेको नेपाल भन्सार एजेन्ट महासंघका केन्द्रीय अध्यक्ष डा शान्तकुमार शर्माले जानकारी दिए। सीमा नाकामा विभिन्न कारण देखाउँदै भारतीय सुरक्षाकर्मीको अवरोधले पनि व्यवसायी समस्यामा पर्ने गरेको उनी बताउँछन्।
_x000D_
_x000D_
आयातमुखी अर्थतन्त्र हुँदा मालबाहक गाडीहरु भित्रिने क्रम दैनिक बढ्दो छ। सवारी चाप बढेपछि जाँचपास गराउनसमेत धेरै दिन लाग्ने गरेको छ। यसले व्यवसायीलाई डेमरेज र डिटेन्सन चार्ज बढी तिर्नुपरेको छ भने त्यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्ने गरेको शर्माले बताए।
_x000D_
_x000D_
_x000D_
आइसिपी निर्माण हुँदा व्यवसायीलाई सहजता हुन्छ भने अतिरिक्त चार्ज हट्दा उपभोक्ता महँगीको मारमा पर्दैनन्। राजस्व संकलनमा पनि वृद्धि हुन्छ।
_x000D_
_x000D_
_x000D_
'नियमानुसार भारतमा सामान लोड भएको एक हप्ताभित्र मालबाहक सवारी नेपाल प्रवेश गरिसक्नुपर्ने हुन्छ। सीमा पार नगरे दैनिक एक हजार भारु डिटेन्सन चार्ज तिर्नुपर्छ,' उनले भने, 'अर्कोतर्फ नेपाल आएर एक दिनमा भन्सार पास नभए सवारी लोडका आधारमा ३ सय देखि एक हजार ६ सय रुपैयाँसम्म डेमरेज चार्ज तिर्नुपर्छ।'
_x000D_
_x000D_
अहिले भारतबाट नेपाल प्रवेश गर्न मालबाहक सवारीलाई १०–१५ दिन लाग्ने गरेको छ। नेपाल प्रवेश गरेपछि पनि भन्सार विन्दुमा दुई–तीन ढिलाइ हुँदै आएको छ। आइसिपी निर्माण भएमा दोहोरो व्यापार गर्नमा सहजीकरण हुने व्यवसायीहरु बताउँछन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
'पटकपटक नेपाल सरकार र भारतीय दूतावासलाई घचघच्यायौं तर छिट्टै निर्माण हुने आश्वासनबाहेक अन्य केही भएन,' नेपाल भन्सार एजेन्ट महासंघका केन्द्रीय अध्यक्ष डा शर्मा भन्छन्, 'भैरहवा व्यापारिक हबको रुपमा स्थापित भइरहेको अवस्थामा आइसीपी निर्माण कार्य अलपत्र अवस्थामा रहनु दुःखपूर्ण विषय हो।'
_x000D_
_x000D_
आइसिपी निर्माण भएपछि कृषि तथा पशु क्वारेन्टाइन, आयात–निर्यात जाँचमा सहजता, एक-दुई हजार गाडी अट्ने पार्किङस्थल, सुविधासम्पन्न भवन, अध्यागमन, पर्यटन कार्यालय, सुरक्षा चौकी, एक्सरे मेसिन, अटोमेटिक तौल काँटा, क्यान्टिन, हुलाक, एजेन्ट भवन, बैंक, खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय लगायत भन्सारबाट हुने सबै काम एकै ठाउँमा हुन्छ। जसले व्यवसायीलाई सहजता हुन्छ भने अतिरिक्त चार्ज हट्दा उपभोक्ता महँगीको मारमा पर्दैनन्। आइसिपीका कारण राजस्व संकलनमा पनि वृद्धि हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।