कावासोती- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सीमा आज बिहान ५ बजे रोकिराखेको ट्रकमा बस ठोक्किँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ।
_x000D_
_x000D_
नारायणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौँबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्किँदा बसमा सवार ११ जना घाइते भएका हुन्।
_x000D_
_x000D_
घाइतेमध्ये नवलपरासी सुस्ता गाउँपालिका बस्ने ४० वर्षीय रामकिसन चमार र बर्दघाट नगरपालिका–३ बस्ने ३२ वर्षीय दिलीप चौधरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले बताए।
_x000D_
_x000D_
घाइते तीन जनाको नयाँ मेडिकल कलेज, सात जनाको पुरानो मेडिकल कलेज र एक जनाको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।