मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना भएको छ।
_x000D_
_x000D_
चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोराला नाकादेखि २६ किलोमिटर नेपालतर्फको भागमा आइतबारदेखि सेनानीको नेतृत्वमा क्याम्प स्थापना गरिएको हो। जोमसोमस्थित बज्रदल गणअन्तर्गत रहने गरी स्थापना भएको क्याम्पमा हाल ५० जना सेनाको टोली खटिएको छ।
_x000D_
_x000D_
क्याम्प रहेको स्थान समुद्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको छ।
_x000D_
_x000D_
सेनाको क्याम्प राख्न एक हजार २१७ रोपनी जग्गाको व्यवस्थापन गरी भवन लगायतका पूर्वाधार निर्माण गरिएको छ। क्याम्पमार्फत सुरक्षा गतिविधिसँगै उच्च भूगोलको सैनिक तालिम सञ्चालन र विपद् व्यवस्थापनसम्बन्धी गतिविधि हुने जनाइएको छ।
_x000D_
_x000D_
मुस्ताङका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले आवश्यक जग्गा र पूर्वाधारको व्यवस्थापन गरेपछि क्याम्प राखिएको बताए। क्याम्प स्थापना भएपछि उपल्लो मुस्ताङमा सुरक्षाको पहुँच बढ्ने र विपद् व्यवस्थापनमा सहयोग पुग्ने प्रजिअ क्षेत्रीको भनाइ छ।
_x000D_
_x000D_
सेनाको क्याम्प स्थापना भएपछि लोमान्थाङमा रहेको युरेनियम खानीको सुरक्षा र कोरला नाका सञ्चालनका लागि सुरक्षाको प्रत्याभूतिको सन्देश प्रवाह हुने मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।