काठमाडौं- सुनसरी र कञ्चनपुरमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ। एक जना घाइते भएका छन्।
_x000D_
_x000D_
सुनसरीको बर्जु-३ दुर्गा मन्दिर नजिकै आइतबार साँझ साढे ७ बजे, को ६ प ३२५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक स्थानीय २७ वर्षिय चन्द्रकान्त रायको मृत्यु भएको हो। गम्भीर घाइते भएका रायको उपचारको क्रममा कोसी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।
_x000D_
_x000D_
उता, कञ्चनपुरको शु्क्लाफाँटा-११ कलुवापुरमा आइतबार राति साढे ८ बजे म २ प ८१७६ नम्बरको मोटरसाईकल दुर्घटनामा परी चालक ३० वर्षिय पुरन थापाको ज्यान गएको छ। गम्भीर घाइते भएका उनको महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा राति साढे ९ बजे मृत्यु भएको हो। सोही दुर्घटनामा घाइते नाम थर नखुलेका व्यक्तिको पदमा अस्पताल अत्तरियामा उपचार भइहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।