• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गौचनलाई गोली हान्न पेस्तोल उपलब्ध गराउने 'लेडी डन' कसरी परिन् प्रहरी पासोमा?

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १९, २०७५  ०२:१२
1140x725

काठमाडौं- केही दिनदेखि प्रहरीभित्र ‘लेडी डन’को चर्चा थियो। व्यवसायी शरदकुमार गौचन हत्या प्रकरणको अनुसन्धानमा रहेको प्रहरी टोलीका सदस्यहरु सञ्चारकर्मीसँग अनौपचारिक गफगाफमा भन्थे, ‘लेडी डन’को रहस्य एकाध दिनमा थाहा पाउनुहुनेछ।’

_x000D_ _x000D_

नभन्दै आइतबार गुन्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई प्रहरीले पक्राउ गर्यो। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौं सानो भर्‍याङबाट पक्राउ गरेको हो। तीन वटा गोलीकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेकी मायालाई संगठित अपराध तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ। 

_x000D_ _x000D_

पेस्तोल उपलब्ध गराउने काम मायाको 
_x000D_ गत वर्षको असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको आरोपमा अपराध महाशाखाको टोलीले कात्तिक १२ गते लोप्साङ लामा, अम्बर बहादुर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरुको बयानका आधारमा सो अपराधमा समीरकी श्रीमती माया शेरचनको समेत संलग्नता रहेको प्रहरी दाबी छ। 

_x000D_ _x000D_

‘पक्राउ परेकाहरुले मायाको भूमिकाका विषयमा जे जति कुराहरु भने त्यसले उनी भित्र पनि लेडी डन हुने अभिलाषा रहेको देखियो’ अनुसन्धानमा संलग्न एक प्रहरीले नेपाल लाइभसँग भने, ‘पक्राउ परेकी लेडी डनलाई अब कारबाही अगाडि बढ्छ।’

_x000D_ _x000D_

पक्राउ परेकाले अदालतमा समेत हत्यामा समीरको श्रीमतीको समेत संलग्नता भएको बयान दिइएका थिए। उनीहरुको बयानका आधारमा जिल्ला अदालत काठमाडौं पक्राउ पूर्जी लिएर उनलाई पक्राउ गरेको स्रोतले जानकारी दियो।

_x000D_ _x000D_

२०७३ चैत २९ गते दिव्या पार्टी प्यालेस एन्ड हस्पिटालिटी गौरीघाटमा जिम गर्न जाँदै गर्दा २०७३ चैत २९ गते गेटमै दावामाथि गोली हानियो। दावालाई गोली हान्नकै लागि समीरमानकी श्रीमती माया शेरचनले काठमाडौंको सितापाइलामा सुटर अम्बर बहादुर रानालाई पेस्तोल दिएको दाबी प्रहरीको छ।

_x000D_ _x000D_

दावालाई गोली हानेपछि आफूले समीरको श्रीमतीलाई पेस्तोल फिर्ता गरेको अम्बरले बयानका क्रममा भनिसकेका छन्। 

_x000D_ _x000D_

व्यवसायी गौचनलाई गोली हान्ने फेरी त्यही पेस्तोल उनकै श्रीमतीले उपलब्ध गराएकी थिइन्। जुन प्रहरीले बरामद गरिसकेको छ। उक्त पेस्तोल दरबारको समेत भएको प्रहरीको दाबी छ। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

त्यस्तै युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीलाई गोली हान्ने बेलामा पनि काठमाडौंदेखि पेस्तोल गएको र त्यही पेस्तोलले लोप्साङले तिवारीलाई गोली हानेर मारेको प्रहरीले जनाएको छ।

_x000D_ _x000D_

गौचन हत्यामा संलग्नलाई एक महिना घरमा सेल्टर
_x000D_ काठमाडौंको बाफलमा समीरमानको पुरानो घर छ। गौचन हत्या गरेर फरार रहेकाहरुलाई सोही घरमा समीरकी श्रीमतीले एक महिनासम्म सेल्टर दिएर राखेको सूचना पक्राउ परेकाबाटै प्रहरीले संकलन गरेको छ।

_x000D_ _x000D_

यसअघि नै समीरको घरमा रोशन बुढाथोकी, अम्बरबहादुर राना, श्याम गुम्बे र अजय थापा एक महिनासम्म बसेको अनुसन्धानबाट खुलेको थियो। प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो ‘यी चार जना समीरमानको पूरानो मुल घर बाफलमा एक महिनासम्म बसेका रहेछन्। घरको टप फ्लोरमा बस्ने। तल नझर्ने। रिचार्ज कार्ड लगायतका अन्य सामान ल्याउनु परेमा अरुलाई नै ल्याउन लगाउने रहेछन्। हामीले त्यसबेला पनि रेकी त गरेका थियौं, तर पत्ता लगाउन सकिएन।’

_x000D_ _x000D_

उनीहरुले आफूलाई चाहिने सामान घरमा ल्याउनका लागि समेत त्यसबेला एक जना युवा सहयोगी राखेका थिए। उनीहरुलाई संरक्षण गरेर राख्न समेत समीरकी श्रीमतीको हात रहेको प्रहरीले जनाएको छ।

_x000D_ _x000D_

विद्यार्थीको खातामा बैंङ्लोरमा रकम
_x000D_ आफ्नै समूहका गुन्डा नाइके कुमार घैंटे प्रहरी कारबाहीमा मारिएपछि समीरमान भागेर भारत पुगेका थिए। पछि उनले भारतबाटै आपराधिक गिरोहको सञ्जाल विस्तार गर्न सुरु गरे। त्यसका लागि काठमाडौंमा रहेकी आफ्नी श्रीमती मायाले उनलाई भरपुर सहयोग गरेको प्रहरीको भनाइ छ।

_x000D_ _x000D_

काठमाडौंबाट हत्या तथा पैसा उठाउन गुन्डाहरु खटाउने कामको जिम्मा समीरकै श्रीमतीले गरेकी थिइन्। गौचन हत्या, दावा लामाथि गोली प्रहार, दुर्गा तिवारी हत्यामा भारतबाट समीरले काम गरेका थिए भने उनलाई सहयोग गर्दै काठमाडौंबाट सबै काम श्रीमती माया शेरचनले गरेको अनुसन्धानबाट खुलेको छ।

_x000D_ _x000D_

‘भारतमा बसेका श्रीमानसहित अन्य गुन्डालाई चाहिने रकम समेत श्रीमती मायाले काठमाडौंबाट नै पठाउने गरेको देखियो’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने।

_x000D_ _x000D_

समीर लगायतका व्यक्तिहरु भारतको बैंङ्लोरमा रहेको भन्ने गोप्य सूचना पाएपछि महाशाखाका टोली बैंङ्लोर गएको थियो। त्यो सूचना चुहिएपछि उनीहरु त्यहाँबाट भागेका थिए। बैंङ्लोरमा हुँदा समीरलगायत उनको समूह नेपाली विद्यार्थीको कोठमा बसेका थिए।

_x000D_ _x000D_

तीन नेपाली विद्यार्थीको नाममा समीरकी श्रीमतीले काठमाडौंबाट पैसा पठाउने गरेको देखिएपछि उनीहरुमाथि समेत प्रहरीले सोधपुछ गरेको थियो। ‘पैसा आउने गरेको थाहा पाएपछि भारतीय प्रहरीको सहयोगमा हामीले नेपाली विद्यार्थीमाथि सोधपुछ गरेका थियौं। तर उनीहरु गुन्डा हुन् भन्ने ती विद्यार्थीहरुले थाहा नपाएको र काठमाडौंबाट मायाले जबरजस्ती पैसा आफ्नो नाममा हालेको बताएपछि उनीहरु अनुसन्धानको लेन्स बाहिर परे’ स्रोतले नेपाल लाइभलाई भन्यो।

_x000D_ _x000D_

समीर कारागार हुँदा सबै काम श्रीमती मायाबाट
_x000D_ गुन्डा नाइके समीरमान गत मंसिरमा भारतबाट पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले मंसिर १७ गते सार्वजनिक गरेको थियो। त्यसयता उनी जेलमा छन्। 

_x000D_ _x000D_

समीर जेल गएपछि अपराध सञ्जालको सम्पूर्ण जालो उनीकै श्रीमतीबाट हुने गरेको प्रहरीको दाबी छ। समीर जेलमै भएको बेला समेत अर्को ठूलो हत्याको योजना उनकै श्रीमतीबाट हुने गरेको समेत प्रहरीले निष्कर्ष निकालेको छ।

_x000D_ _x000D_

अपराध घटनाउन विभिन्न व्यक्तिलाई रकम दिनेदेखि समीरको योजनामा सम्पूर्ण काम श्रीमती मायाले गर्ने गरेको रिपोर्ट प्रहरी हेडक्वाटर पुगेपछि केही समय पहिला समीरलाई मुस्ताङ कारागार सारिएको थियो। अन्य व्यक्तिलाई भेट्ने बाहाना बनाएर दिनहुँ थुपैै मान्छेले समीरलाई भेट्ने गरेको र यसको सम्पूर्ण सेटिङ श्रीमतीबाट हुने गरेको प्रहरीको बुझाई छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  ०२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता
लिग २ मा नेपालको लगातार चौंथो हार, अंकविहीन हुँदै फर्किँदै नेपाली टोली
सम्बन्धित सामग्री
रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा जाँचबुझ आयोगसमक्ष बयानका लागि सिंहदरबारस्थित आयोगको कार्यालयमा उनलाई ल्याइएको हो। बुधबार, कात्तिक १९, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बुधबार, कात्तिक १९, २०८२
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा रु ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबर... मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता बुधबार, कात्तिक १९, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बुधबार, कात्तिक १९, २०८२
लिग २ मा नेपालको लगातार चौंथो हार, अंकविहीन हुँदै फर्किँदै नेपाली टोली बुधबार, कात्तिक १९, २०८२
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको आपत्ति बुधबार, कात्तिक १९, २०८२
आजको ऐतिहासिक दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने मंगलबार, कात्तिक १८, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्