• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सर्वाधिक खुसी देशमा डरलाग्दो आत्महत्या दर!

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १९, २०७५  ०३:२२
1140x725

थिम्पु- अन्तर्राष्ट्रिय समुदाय माझ विश्वकै सर्वाधिक खुशी देशका रुपमा भुटान चिनिन्छ। धेरै देश कूल ग्रार्हस्थ उत्पादन (जिडिपी)लाई विकास सूचकका रुपमा मान्दै आएका छन् तर भुटानले भने जिडिपीलाई देश विकासको सूचक मान्न छोडेको छ। उसले जीएनएच अर्थात् कूल राष्ट्रिय खुशीपनालाई विकास सूचकका रुपमा लिने निर्णय गत जुलाईबाट नै कार्यान्वयनमा ल्याइसकेको छ। 

_x000D_ _x000D_

यस मामलामा धेरै विश्लेषकहरु पनि सहमत छन्। भुटान विश्व कै अनुपम राष्ट्र हो। पर्यावरणका दृष्टिले यो देशको तुलना अन्य देशसँग हुन सक्दैन। संसारकै सर्वाधिक खुशी राष्ट्र भएकाले त्यहाँका सबै मानिस खुशी नै होलान् भन्ने धेरैको अनुमान हुन सक्छ र यो स्वभाविकै पनि हो। तर वास्तिकता भने अलि फरक छ। यहाँका मानिस डिप्रेसनबाट पीडित छन्, मानसिक समस्याबाट मुक्त छैनन्।

_x000D_ _x000D_

भुटानको राजधानी थिम्पुस्थित नेसनल रेफरल हस्पिटलको तथ्यांकअनुसार भुटानका मानिस डिप्रेसनको शिकार हुनु भनेको सामान्य कुरा हो। भुटानबाट प्रकाशन हुने वार्षिक हेल्थ बुलेटिनअनुसार सन् २०१७ मा मानसिक रोगका बिरामीको संख्या करीब ४ हजार २ सय थियो। यति मात्र होइन, भूटानमा आत्महत्याको दर वार्षिक रुपमा उकालो लाग्दै आएको देखिन्छ। भूटान आफैंले सुरु गरेको जिएनएच् मापन प्रणाली उसैका लागि चुनौतीका रुपमा तेर्सिएको छ।

_x000D_ _x000D_

भुटानमा आत्महत्या गर्ने मानिसको संख्या अरु देशको तुलनामा बढी होइन तर भुटानको जनसंख्यालाई आधार मानेर हिसाब गर्ने हो भने त्यहाँको आत्महत्या दर बढी नै हो। 

_x000D_ _x000D_

अहिले करीब ८ लाख २५ हजार जनसंख्या भुटानमा छ। यदी यहाँ सय मानिसले मात्रै पनि आत्महत्या गर्छन् भने जनसंख्याको अनुपातमा यो धेरै नै हुन आउँछ। आत्महत्या सम्बन्धी एक रिपोर्टका अनुसार डिप्रेसन नै आत्महत्याको मुख्य कारण भएको उल्लेख गरेको छ। 

_x000D_ _x000D_

‘द डिप्लोम्याट’ मा प्रकाशित एक प्रतिवेदनअनुसार भुटानमा जम्मा चार जना मात्र मनोचिकित्सक छन्। मनोवैज्ञानिक छैनन्। प्रशिक्षित मनोचिकित्सक राजधानी थिम्पुमै सीमित छन्। 

_x000D_ _x000D_

पछिल्लो समय भुटान सरकारले मानसिक स्वाथ्यको क्षेत्रमा बजेट बढाएको छ। स्वास्य्म मन्त्रालयले मानसिक स्वाथ्यका क्षेत्रमा आगामी पाँच वर्षका लागि ६ करोडको बजेट छुट्याउने प्रस्ताव गरेको छ। भुटानमा मानसिक स्वाथ्य सेवा र शिक्षाको क्षेत्रमा सचेतना फैलाउनु जरुरी रहेको बताइएको छ।

_x000D_ _x000D_

उक्त प्रतिवेदनमा भुटानमा रहेको समस्याको अर्को कारणका रुपमा भाषालाई पनि मानिएको छ। भुटानको राष्ट्रिय भाषा जोङ्खा हो। तर यहाँ बोलिने अर्को भाषा बोलिया पनि हो। यो भाषा प्रयोग गर्ने मानिसलाई मानसिक स्वाथ्यका विषयमा सचेतना फैलाउन सहज छैन। बोलिया भाषामा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उपयुक्त शब्द भण्डारको कमी हुने विश्लेषकको भनाई छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

स्वाथ्य मन्त्रालयको रिपोर्ट
_x000D_ मानसिक बिरामी भएका धेरैजसो मानिस पागलपनको शिकार भएको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनले उल्लेख गरेको छ। पागलपनलाई मानिसहरु कंलकका विषयमा बुझ्ने गर्छन्। मानसिक स्वास्थ्यका विषयमा जनचेतना बढाउने अभियान र स्वाथ्य शिविर सञ्चालन भएको पाइदैन। जिएनएचमा मानसिक स्वाथ्यको विषयलाई नवौँ स्थानमा राखिएको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

सन् २०१४ मा मन्त्रालयले प्रकाशन गरेको आत्महत्या सम्बन्धी रिपोर्टपछि भुटानको मानसिक स्वास्थ्यसम्बन्धी चिन्ता झनै बढेको छ। भुटानको अघिल्लो सरकारले स्वास्थ्य मन्त्रालयले आत्महत्या रोक्ने उदेश्यले तीन वर्षीय योजना ल्याएको थियो। राष्ट्रिय आत्महत्या रोकथाम उपाय (एनएसपीपी) नाम दिइएको उक्त योजना कार्यान्यवनमा आएको बताइए पनि आत्महत्या रोक्न कुनै हेल्पलाइन नम्बर समेत प्रयोगमा ल्याएको छैन।

_x000D_ _x000D_

आफ्नै विशेषताका कारण भुटान अन्तराष्ट्रिय समुदायमा परिचित छ। बौद्धधर्मावलम्बी यो देशमा आत्महत्याले भने विकराल रुप लिँदै गएको छ। विश्व स्वाथ्य संगठनका अनुसार विश्वमा धेरै आत्महत्या गर्ने देशको सूचीमा भुटान २१औं स्थानमा छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

अझै पनि मध्यकालीन समाज
_x000D_ एक अनलाइनसँग कुरा गर्दै भुटानका पहिला मनोचिकित्सक चेंचो दोरजीले भने, ‘भुटानीहरु डिप्रेसनको सिकार हुनुको सिधा सम्बन्ध परिवार  र समुदायसँग छ। पारिवारिक सम्बन्ध टुटेकाले धेरै मानिस मानसिक रोगको शिकार भएका छन्। परिर्वतनको क्रममा रहेको भुटानका मानिस अहिले सोसल मिडिया र मोबाइलमा खर्च गरिरहेका छन्। पारिवारिक सम्बन्ध कमजोर बन्दै गएको छ। 

_x000D_ _x000D_

सामाजिक रुपमा मानिस एक्लिँदै गएको छ। सूचना प्रविधिको विकासले मानिसलाई यसमा प्रेरित गरिरहेको छ। मानसिक रोगले नराम्रोसँग गाँज्न थालेपछि मात्रै मानिसहरु अस्पतालसम्म पुग्ने गरेका छन्। 

_x000D_ _x000D_

डाक्टर चेंचो दोरजीले ‘द स्टार’सँग भने, ‘अझै पनि भुटान धेरै विषयमा मध्यकालीन समाज हो। यहाँको वस्तु विनिमय गर्ने प्रणाली अझै पनि लोकप्रिय छ। सन् १९६० को दशकमा भुटानका राजाले खुला बजार अर्थ प्रणाली अख्तियार गर्ने फैसला गरे। भुटानमा आधुनिक कालको यहीबाट सुरु भएको मानिन्छ। भुटानका मानिसहरु आज पनि त्यही कपडा लगाउँछन् जुन खालका कपडा सत्रौं शताब्दीमा लगाइन्थ्यो। तर केही मानिसले टि-शर्ट र मिनी स्कर्ट पनि लगाउन थालेका छन्।’

_x000D_ _x000D_

बिजनेशविक म्याग्जिनले २००६ मा भुटानलाई विश्वको आठौं खुशी देश भनेको थियो। संयुक्त राष्ट्रसंघले पनि भुटानका धेरै कुराको प्रशंसा गर्ने गरेको छ। तर भुटानका मानिसको वार्षिक आम्दानी कम छ भने यो देशको विदेशी ऋण पनि लगातार बढिरहेको छ।

_x000D_ _x000D_

भुटानले १९९० को दशकमा एक लाख भन्दा धेरै नेपाली भाषी नागरिकलाई देश निकाला गरेको कुराले भुटान आलोचित हुने गरेको छ। भुटानमा बहुसंख्यक जनसंख्या भएको समुदाय नै अल्पसंख्यक हुने डर भुटानको उक्त कदमले पैदा गरेको थियो।

_x000D_ _x000D_

दोरजीका अनुसार १९९९ मा ५ हजार ३ सय मानिसहरु डिप्रेसन, मनोरोग र अरु खालका मानसिक बिरामी रहेको बताइन्थ्यो। द स्टारसँग कुरा गर्दै दोरजी भन्छन्,‘भुटानमा मनोरोगीको उपचार गर्ने एक मात्र विभाग रहेको छ। बिमारीको चाप निरन्तर बढिरहेको छ। ड्रग्सको कुलत, तीव्र गतिको शहरीकरण र बरोजगारी जस्ता समस्या बढ्दै गएका छन्।’

_x000D_ _x000D_

चेंचोलाई १९९९ मा भुटानको पहिलो मनोचिकित्सकका रुपमा नियुक्त गरिएको थियो। त्यही वर्ष उनले १ सय ५१ मानसिक बिरामीको उपचार गरेका थिए। त्यसको अर्को वर्षबाट यसको संख्या दोब्बर हुन थाल्यो। भुटानका पत्रपत्रिकामा छापिएको समाचार अनुसार २०१२ मा ७६ जना भुटानीले आत्महत्या गरेका थिए। ५४ वर्षीय चेचासँग हाल करिब ८ लाख २५ हजार मनोरोगीको उपचार एक्लैले गर्नु पर्ने जिम्मेवारी छ।

_x000D_ _x000D_

रक्सी
_x000D_ चेंचोले २००५ को एक अनुसन्धान प्रतिवेदनमा लेखेका थिए, ‘रक्सी भुटानी संस्कृतिको एक महत्यवपूर्ण हिस्सा हो। बौद्ध परम्पराका ग्रन्थमा पनि रक्सीको उल्लेख भएको पाइन्छ। मानिसहरु रक्सी घरमा नै बनाउँछन्। अहिले यो आयको राम्रो स्रोत पनि बन्दैछ। यसको आयात पनि भइरहँदा रक्सी भुटानमा सर्वसुलभ रहेको भन्न सकिन्छ।’

_x000D_ _x000D_

नेपाल फर्किएका भुटानीहरुमा ड्रग्सको लत पाइन्छ। भुटान प्रहरीले १९८१ मा ड्रग्स सम्बन्धि पहिलो मुद्दा दर्ता गरेको थियो।

_x000D_ _x000D_

भुटान लामो समय विश्व समुदायबाट अलग रहेको देश हो। भुटानका धेरै जस्तो आवश्यकता भारतबाट पूर्ति हुने भएपनि अब भुटान बाँकी विश्वलाई पनि ढोका खोल्दैछ। खुशीपना यसको मौलिकता र परम्परागत संस्कृतिमा रहेको छ। तर जब भुटानको मौलिकता र परम्परामाथि नै चोट लाग्छ डिप्रेसन हुनु स्वभाविक नै पनि हो।

_x000D_ _x000D_

-बिबिसीबाट

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  ०३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे मंगलबार, असोज १३, २०८३
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग मंगलबार, असोज १३, २०८३
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्