पाँचथर- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था स्थापनाका बारेमा पुनर्विचार गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन्।
_x000D_
_x000D_
पाँचथरको सदरमुकाम फिदिममा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले ढिलो चाँडो सबै राजनीतिक दलहरुले राप्रपाले अंगीकार गरेको एजेन्डामा समाहित हुनुको विकल्प नरहेको ठोकुवा गरे। विदेशबाट ऋण लिएर जबर्जस्ती चलाउन खोजिएको संघीयता दिगो नहुने धारणा राख्दै अध्यक्ष थापाले राप्रपाले अघि सारेका एजेन्डा हिन्दु राष्ट्र, राजा सहितको प्रजातन्त्र तथा जनताको प्रत्यक्ष स्वशासनको आवश्यकता अझ बलीयो भएर गएको बताए।
_x000D_
_x000D_
विखण्डनकारी तत्वहरुको क्रियाशीलता र जबर्जस्ती धर्म परिवर्तनको लहर यही अनुपातमा बढेर जाने हो भने मुलुकमा अर्को युद्ध निम्तिने खतरा रहेकोले यसलाई रोक्न समयमै कदम चाल्न आवश्यक भैसकेको बताउँदै उनले विचार मिल्ने पार्टीहरुसँग एकताको पहल भैरहेको प्रष्ट पारेका थिए। थप उत्साहका साथ संगठन विस्तारमा जुट्न र पार्टीका एजेन्डा तल्लो तहसम्म पुर्याउन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिए।
_x000D_
_x000D_
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति पाँचथरका अध्यक्ष जगत थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भक्ति सिटौला, मान बहादुर जवेगु, छविरमण सुवेदी, राजाराम बर्तौला, सुनिता कुरुम्वाङ, १ नं. प्रदेशका उपाध्यक्ष तेजकुमार कुरुम्वाङ, सचिब बासुदेव भट्टराई, पाँचथरका पूर्व जिल्ला अध्यक्ष कृष्ण प्रसाद योङया, विष्णुकुमारी राईलगायतका नेताले सम्बोधन गरेका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।