काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तिहार, छठ एवम् नेपाल संवत् ११३९ को अवसरमा सोमबार शुभकामना आदन प्रदान तथा जलपान समारोह आयोजना गरेका छन् यसअघि कात्तिक १६ का लागि तोकिएको जलपान नेपाली कांग्रेसको जलपानसँग जुधेपछि सोमबारका सरेको हो। उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा आयोजना हुने जलपान अपरान्ह साढे २ बजेबाट सुरु हुनेछ।
_x000D_
_x000D_
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीना लगायत उच्च पदाधिकारीलाई आमन्त्रण गरिएको छ।
_x000D_
_x000D_
समारोहमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुखहरु, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरु, प्रदेश सभा सदस्यहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योग व्यवसायी, मानव अधिकारकर्मी, कलाकार, पत्रकारलगायतलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।